१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरस्कारको रकम अनाथ आश्रमलाई



अ+ अ-

काठमाडौं । मुक्तिनाथ दर्शन साहित्य समाज, नेपालद्वारा नेपालको पत्रकारिताका क्षेत्रमा पु¥याएको योगदानस्वरुप राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठकलाई प्रदान गरिएको पुरस्कारको रकम उहाँले अनाथ आश्रमलाई प्रदान गर्नुभएको छ । सो समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा पाठकलाई ‘शेरबहादुर कान्छी उप्रेती स्मृति पत्रकारिता सम्मान’ र नगद पुरस्कार रु १५ हजार प्रदान गरिएकामा सोही कार्यक्रममा उहाँले उक्त पुरस्कारको रकम अनाथ आश्रमलाई हस्तान्तरण गर्नुभयो । 

हालैमात्र हुम्लामा सातौँ छोरीलाई जन्म दिएको पाँच घण्टामा आमाको निधन भएपछि अनाथ बनेकी २१ दिनकी स्तुती र उहाँका पाँच र सात वर्षका दुई दिदीसहित तीन जनाको उद्धार गरी भक्तपुरको चाँगुनारायणस्थित तुलसादेवी हरिहर फाउण्डेशनले लालनपालन गर्दै आएको छ । कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सुरु सुवेदीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो । स्तुती र उहाँका दुई दिदीलाई हुम्लाबाट उद्धार गरी उक्त फाउण्डेशनमा ल्याएको समाचार केही समयअघि राससले सम्पे्रषण गरेपछि उहाँहरूलाई विभिन्न दाताहरूले सहयोग उपलब्ध गराउँदै आएका छन् । हाल सो फाउण्डेसनमा आश्रय लिइरहेकाहरुमा १८ बालबालिकासहित ३० जना  रहेका छन् । 

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनाली, प्राध्यापकद्वय कुमार कोइराला र ऋषिराज पोखरेलले संयुक्तरूपमा सो पुरस्कार प्रदान गर्नुभएको थियो । समाजद्वारा नेपाली भाषा र साहित्यका क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुका साथै अध्यक्ष हरिभक्त सिग्देल, प्रा डा आनन्ददेव भट्टलगायत सात स्रष्टाका साहित्यिक पुस्तकहरू विमोचन गरिएको थियो । रासस