२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस लिने अमिनविरुद्ध विशेष अदालतमा मुद्दा



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार अमिन बस्नेतले जग्गाको हाल साविक गर्ने प्रयाजनार्थ सेवाग्राहीसँग रु ३० हजार घुस मागेको पाइएको छ । आयोगको बुटवलबाट गएको टोलीले अमिन रायमाझीलाई पक्राउ गरेको थियो । आयोगले आरोपी रायमाझीलाई बिगो बमोजिमको कारबाहीको माग गरेको छ ।

यस्तै, आयोगले प्राकृतिक स्रोत तथा साधनको ठेक्का प्रदान गर्दा व्यवसायीसँग प्रक्रिया नपु¥याएको र पछि रद्द गरेर राज्यलाई हानी पु¥याएको अभियोगमा फतुवा विजयपुर नगरपालिका रौतहटका तत्कालीन र हालका समेत नगरप्रमुख रहेका गोपाल राय यादव तत्कालीन उपप्रमुख कान्ती देवीलगायत विभिन्न वडाका अध्यक्षले कार्यपालिकाको बैठकको निर्णय कार्यान्वयन गराउन आलटाल गरेको पाइएको छ ।

आयोगले नगरप्रमुख, उपप्रमुखसहित विभिन्न वडाका अध्यक्षहरू विरुद्ध रु एक करोड ५३ लाख ५० हजार १९९ बराबरको बिगो दाबी गरेको छ । त्यस्तै, आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका, निमित्त प्रशासकीय अधिकृत गोकूल ढुङ्गेल र रञ्जना साहविरुद्ध रु एक करोड ५३ लाख ५० हजार १९९ बराबरकै बिगो कायम गरिएको छ ।