१० असार २०८३, बुधबार
,
Latest
रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराजित रहँदै मच्छिन्द्रले उपाधि उचाल्यो (भिडियोसहित)



अ+ अ-

काठमाडौ । मच्छिन्द्र फुटबल क्लबले अपराजित रहँदो सहिद स्मारक डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।

११औं चरणको खेलमा उापधि पक्का गरिसकेको मच्छिन्द्रले शनिबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न लिगको अन्तिम खेलमा पनि सुखद नतिजा निकाल्दै उपाधि रक्षा गरेको हो । लिगको अन्तिम खेलमा मच्छिन्द्रले विभागीय क्लब एपिएफलाई २–१ गोल अन्तरले हराउँदा अपराजित रहदै च्याम्पियन बनेको हो ।

सुखद अन्त्य गर्ने लक्ष्य सहित आक्रामक रणनीतिका साथ मैदान उत्रिएको एपिएफले तुलनात्मक हिसाबमा राम्रो खेल पनि मच्छिन्द्रसँग जित निकाल्न असफल रहेको थियो । मछिन्द्रलाई जित दिलाउन अविशेक गुरुङ र रेजिन सुब्बाले एक÷एक गोल गर्दा एपीएफका प्रदिप लामाले एक गोल फर्काएका थिए ।

खेलमा पटक पटक दबाबमा परेको मच्छिन्द्रले सुरुआती अग्रता लिएको थियो । ४२ औं मिनेटमा अविशेकले गोल गर्दै मछिन्द्रलाई १–० गोलको अग्रता दिलाएका थिए । आन्द्रेस नियाको पासमा अविशेकले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा नतिजा सुम्पिएको एपिएफले दोस्रो हाफमा पनि आक्रामक खेललाई निरन्तरता दियो । सोही क्रममा ६९औं मिनेटमा प्रदिप लामाले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए । गोलकिपर मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ अगाढी बढेको मौकाको फाइदा उठाउँदै जाली चुमाएका थिए । त्यसपछि दोस्रो हाफमा मैदान प्रवेश गरेका रेजिनले ८१ औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई २–१ को जित सुनिश्चित गर्दै टोलीको अपराजित यात्रालाई अन्तिम खेलमा पनि निरन्तरता दिए । आन्द्रेसको पासमा एपिएफका गोलकिपरलाई विट मार्दै सहजै गोल गरेका थिए ।

अन्तिम केही मिनेट दुबै टोली १० खेलाडीमा समेटिएका थिए । ८६ औं मिनेटमा मछिन्द्रका सोनाम भुटिया र एपीएफका आवाश लामिछानेले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा समेटिएको थियो । जितसँगै मछिन्द्रले १३ खेलमा ३५ अंक जोडेर लिगको समापन गरेको छ । सम्पन्न १३ खेल मध्ये च्याम्पियन मछिन्द्रले लिगमा १० जित र २ बराबरी खेल्यो ।  मछिन्द्रले लिगभरी विपक्षीको पोस्टमा १९ गोल गर्दा मात्र २ गोल खान पुग्यो । यस्तै एपीएफले १३ खेलमा १५ अंक जोड्यो । एपीएफले आठौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

लगातार दोस्रो पटक च्याम्पियन भएको मच्छिन्द्रले उपाधिसँगै नगद ७५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपाधिसँगै मछिन्द्रले ७५ लाख नगद प्राप्त गरेको छ । यस्तै उपविजेता त्रिभुवन आर्मी क्लबले ५० लाख रुपैयाँ हात पार्दा तेस्रो भएको न्युरोड टिम (एनआरटी) ले २५ लाख प्राप्त ग¥यो । ए लिगको डेब्यु क्लब सातदोबाटो युथ क्लब चौंथो र मनाङ मस्र्याङ्दी क्लब पाँचौं स्थानमा रहे । यस सिजन च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा पर्दै बी डिभिजनमा घटुवा भए ।

लिगको अन्र्तगत शनिबारै आर्मी र मनाङ मस्र्याङ्दीले १–१ गोलको बराबरी खेल्दै लिग टुङ्गाउँदा न्युरोड टिम (एनआरटी)ले पुलिसलाई ३–१ ले हराउँदै लिगको समापन ग-यो ।

कुल ९१ खेल भएको लिगबाट मच्छिन्द्र फुटबल क्लबका सुनिल बल सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३ लाख प्राप्त गर्दा फ्रेन्ड्सका जमउल एन्थोनी सर्वा धिक गोलकर्ता चुनिएर नगद २ लाख रुपैया प्राप्त गरे । जमउल एन्थोनीले सम्पन्न लिगमा ७ गोल गरेका उनले गोल्डेन बल प्राप्त गरे । यस्तै मछिन्द्रकै विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिएर गोल्डेन ग्लोभ्स र २ लाख नगद पाए भने आर्मीका दिनेश हेन्जन इमर्जिङ प्लेयर घोषित हुँदा १ लाख ५० हजार रुपैयाँ थापे । फेयर प्ले टिमको अवार्ड भने सातदोबाटो युथ क्लबले जित्यो ।