२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिदैँ मन्त्री बडूले असार १२ गतेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १९९ रुपैयाँ बाट २० रुपैयाँ घटाई १७९ रुपैयाँ र डिजेलमा प्रतिलिटर १९२ रुपैयाँबाट २९ रुपैयाँ घटाई १६३ रुपैयाँ मूल्य कायम गरिएको बताउनु भयो । उहाँले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्य वस्तु र सेवामा पनि मूल्य घट्नु आवश्यक रहेको बताउनु भयो ।

उहाँले बजारमा विभिन्न वस्तु तथा सेवाको मूल्य घटे, नघटेको सन्दर्भमा विषयगत मन्त्रालय र नियामक निकायहरुले आ–आफ्नो क्षेत्रबाट र संयुक्त रुपमा अनुगमन गर्ने व्यवस्था मिलाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संसदको दुवै सदनमा माननीयज्यूहरुले व्यक्त गरेका विचार, प्रधानमन्त्रीज्यूको चासो र निर्देशन तथा सत्ता गठबन्धनका नेतृत्व समेतको छलफलको सुझावको आधारमा नेपाल सरकारले पेट्रोल र डिजेलमा विगतदेखि लगाइ आइरहेको करमा पुनः भारी कटौती गर्ने निर्णय गरेको छ । सोही आधारमा नेपाल आयल निगम सञ्चालक समितिले आजै मिति २०७९ असार १२ गतेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा १९९ बाट रु. २० घटाई रु. १७९ र डिजेलमा प्रतिलिटर रु. १९२ बाट रु. २९ घटाई रु. १६३ मुल्य कायम गरेको छ ।

नेपाल सरकारले कर घटाउने गरी गरेको निर्णय र नेपाल आयल निगमले आजैदेखि लागू हुनेगरी मूल्य घटाउने निर्णय गरेपश्चात् सर्वसाधारण उपभोक्ता, विद्यार्थी वर्ग तथा आम नागरिकलाई मुल्यवृद्धिबाट परेको समस्यामा अवश्यपनि केही राहत मिल्ने विश्वास सरकारले लिएको छ । पेट्रोलियम पद्धार्थको मुल्य घटेपश्चात् अन्य वस्तु तथा सेवामा पनि मुल्य घट्नु आवश्यक छ । यसको लागि विषयगत मन्त्रालय र नियामक निकायहरुले आ–आफ्नो क्षेत्रबाट तथा संयुक्त रुपमा सघन अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । यो अनुगमन कार्यमा दुवै सदनका माननीय सदस्यज्यूहरु, सरकारी निकाय, स्थानीय प्रशासन, प्रदेश सरकार, स्थानीय तहका सरकारहरु, निजी क्षेत्र, नागरिक समाज र मिडियाको सक्रिय र सकारात्मक सहयोगको समेत अपेक्षा सरकारले गरेको छ ।’

मन्त्री बडूले सरकार जनताको हीत र चासोप्रति सधैँ संवेदनशील रहेको स्पष्ट पार्नुभयो ।