• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

कार्तिक आर्यनलाई भुषण कुमारले दिए ‘लक्जरी कार’ उपहार



एजेन्सी । अभिनेता कार्तिक आर्यन स्टारर ‘भुल भुलैया २’ ले बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरिरहेको छ ।

फिल्मको सफलतापछि भुल भुलैयाका निर्माता भूषण कुमारले कार्तिकलाई लक्जरी ‘सुपर कार म्याक्लारेन जीटी’ उपहार दिएका छन् । यो सुपर कारको मूल्य करिब ४.५ करोड भारु रहेको छ ।

फिल्म ‘भुल भुलैया २ ले पहिलो हप्ता ९०.५, दोस्रो हप्ता ४९.७०, तेस्रो हप्ता १२.९९, चौंथो हप्ता १२.९९ र पाँचौं हप्ता ८.१८ करोड गरी १८४ करोड कलेक्शन गर्दै ब्लकबस्टर सावित भएको छ ।