६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा महानगरपालिकाको बजेट प्रस्तुत गर्न दिने सहमति



अ+ अ-

पोखरा । पोखरा महानगरपालिकामा नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि नगरसभा अवरुद्ध भएको छ ।

नगरसभाबाट बजेट पारित हुनुअगाडि नै बजेटको रातो कितावमा प्रकाशन गरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बिरोध जनाएसँगै नगरसभा अवरुद्ध भएको हो ।

एमाले जनप्रतिनिधिहरुले बिरोध जनाएसँगै बजेट प्रश्स्तुतसमेत प्रभावित भएको छ । साढे ४ बजे शुरु भएको नगरसभामा एमालेबाट निर्वाचित प्रतिनिधि राधिका शाहीले रातो किताव च्यात्दै बजेट पारित हुनुभन्दा अगाडि रातो किताव छापेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले १७६ जना नगरपालिका सदस्यको अधिकार हनन् गरी लोकतान्त्रिक विधि, विधानलाई कुल्चँदै र नगरसभा सदस्यको अधिकारलाई कुल्चँदै बजेट प्रश्तुत भन्दा अगाडि नै रातो किताव छापेकाले एमाले बजेटमा सहभागी नहुने बताउनु भयो ।

त्यस्तै, महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले रातो किताव किन प्रकाशन गरियो भन्ने विषयमा आफू अनविज्ञ रहेको बताउनु भयो । उहाँले रातो किताव किन भनियो र किन छापियो मेयरले त्यसको जवाफ दिनुपर्ने बताउनु भयो ।

त्यस्तै, महानगरका मेयर धनराज आचार्यले किताव मस्यौदामात्र भएको र बजेटको अन्तिम रातो किताव नभएको भन्दै सभामा जवाफ दिनुभयो । उहाँले महानगरको नम्बर नघटोस् भनेर ‘लिजा’ (स्थानीय तह स्वमूल्यांकन प्रणाली)मा चढाउनका लागि लेखा शाखाले नियमित कामका क्रममा बजेट ड्राफ्ट तयार मात्रै गरेको बताउनु भयो ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आफूहरुको अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै सभामा नाराबाजी गर्नुभएको थियो । उहाँहरुले रातो किताव छापेको विषयमा मेयरको जवाफबाट चित्त नबुझेको भन्दै महानगरको सभा गृहबाहिर नाराबाजी गरेका थिए । उनीहरुको नाराबाजीपछि मेयर आचार्यले १० मिनेटका लागि नगरसभा स्थगित भएको घोषणा गरेका थिए ।

पोखरा महानगरले शुक्रवार (आज) नै करिव साढे ८ अर्बको बजेट प्रश्तुत गर्ने भएको छ । महानगरका मेयर र नेकपा एमालेका नगर सदस्यहरुबीच छलफल भएसँगै बजेट पेस गर्न दिने सहमति जुटेको छ ।