• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर ‘माईकल अधिकारी’को फष्टलुक्स पोष्टर रिलिज



काठमाडौं । फिल्म माईकल अधिकारीको फष्टलुक्स पोष्टर रिलिज भएको छ । सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको फिल्मको २ पोष्टर निर्माण संस्थाले रिलिज गरेको छ ।

सार्वजनिक एक पोष्टरमा सौगात खर्पन बोेकेर हिडि रहेका छन् जहाँ एकातिर सृष्टि र बच्चा देखिएका छन् भने अर्को तर्फ पैसाको थुप्रो देखाईएको छ । यस्तै अर्को पेष्टरमा भने सौगात र सृष्टि पैसाको बिछ्याउनामा मायालु भावमा देखिएका छन् ।

त्यसोत् फिल्मको पोष्टरसंगै प्रदर्शन मिति भाद्र ३ गतेलाई तय गरिएको छ । गोपीकृष्ण मुभिजका लागि उद्वव पौड्यालको प्रस्तुति रहेको माईकल अधिकारी निरक पौडेलको निर्माण तथा रन्जित रौनियारको निर्देशनमा तयार भएको हो ।

फिल्म भित्र सौगात र सृष्टिको जोडीको आर्थिक अवस्था निक्कै कमजोर छ । र, उनीहरु पैसाको लागि अरुलाई बच्चा जन्माइ दिने काम गर्न बाध्य हुनेछन । जहां आत्मियता, भावनात्मक सम्बन्ध संगैं हांस्य रस मिसिएका छन् ।

सौगात र सृष्टिसंगै फिल्ममा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतका कलाकारहरुकोे मुख्य भुमिका रहेको छ ।