• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

स्थानीय तहको बजेट आज आउँदै



काठमाडौँ । आज शुक्रबार मुलुकभरका स्थानीय तहहरुले बजेट ल्याउँदैछन् । असार १० गतेभित्र स्थानीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनि गर्ने कानूनी व्यवस्था छ ।

प्रत्येक वर्षको असार १० गतेभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ को प्रावधान अनुसार आर्थिक वर्ष २०७९÷०८० को बजेट आज सार्वजनिक हुँदैछ ।

सो प्रयोजनका लागि यसअघि नै सबै स्थानीय तहले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।