२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासायनिक मल व्यवस्थापनबारे छलफल



अ+ अ-

काठमाडौं । कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले रासायनिक मल व्यवस्थापन, हालको अवस्था र कार्यदिशाको बारेमा छलफल गरेको छ । आईतबार सिंहदरवारमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विकास महाशाखा अन्तर्गतको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले सरोकारवाला निकायहरुलाई बोलाएर रासयनिक मल व्यवस्थापन, हालको अवस्था र कार्यदिशाको बारेमा छलफल गरेको हो । 

छलफलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.कृष्णप्रसाद आचार्यले रासायनिक मलको कुरा जनतासँग धेरै जोडिएको भएकोले टेक्निकली रुपमा मूल्य निर्धारण गर्न अफ्ठ्यारो रहेको बताउनुभयो । रासायनिक मल खरिद, बिक्री गर्ने सहजता ल्याउने बताउनुभयो । सचिव आचार्यले खरिद ऐन र बोलपत्रले केही असर पारेको भन्ने कुरामाथि उच्चस्तरीय छलफलमा राख्ने बताउनुभयो । उहाँले तेलको जस्तै गरेपनि समस्या रासायनिक मलको समस्या समाधान हुनसक्ने प्रश्ताव राखेको पनि बताउनुभयो ।

सचिव आचार्यले भन्नुभयो, ‘प्राइबेट सेक्टर इन्गेजमेण्ट हुनसक्छ भन्ने खालको एउटा सुझाव आयो, विगतमा पनि हामीले त्यो प्राक्टिस गरेका हौँ, यो विषयलाई उच्चस्तरीय छलफलमा राखिनेछ, अहिलेको हाम्रो खरिद ऐनअनुसार बोलपत्र र यससँग सम्बन्धित विषयहरुले पनि केही अफ्ठ्यारो पारेको भन्ने कुरा छ, यसमा पनि छलफल गरिनेछ, हाइ पोल्टिकल लेभलमा मैले धेरै नबुझ्दा पनि तेलको जस्तै गर्यो भनेपनि यसको समस्या समाधान हुन्छ भन्ने प्रश्ताव पनि राखेको थिएँ, मार्केटअनुसार खरिद पनि त्यस्तै र बिक्री पनि २०७३ सालको बिक्री मूल्यमा हामी बेचिरहेका छौँ, यो जनतासँग धेरै जोडिएको भएर पनि यसलाई टेक्निकली मूल्य निर्धारण गर्न अफ्ठ्यारो छ ।’

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका उपसचिव डा. गंगादत्त आचार्यले आवश्यक परिमाणका लागि छुट्याइएको रकमले आधा मात्रै मल खरिद गर्न सकिने भन्दै आवश्यक परिमाणमा मल आपूर्ति हुन नसक्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य अत्याधिक वृद्धि भएकोले मलको अनुदानको लागि छुट्याइएको रकमले आवश्यक परिमाणको आधा मात्रै आउने बताउनुभयो । उहाँले ५ लाख २० हजार रासायनिक मल खरिद गर्न करिव २० अर्ब रुपैयाँ लाग्ने भन्दै नेपाल सरकारले विनियोजन गरेको रकमले आधा परिमाण मात्रै आउने बताउनुभयो ।

उपसचिव आचार्यले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य अत्याधिक वृद्धि भइरहेको छ, मलको अनुदानको लागि छुट्याइएको रकमले आवश्यक परिमाणको आधा मात्रै आउँछ, ५ लाख २० हजार रासायनिक मल खरिद गर्न करिव २० अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने देखियो, अनुदानकै हिस्सा मात्रै तर हामीसँग त्यो प्रयोजनका लागि विनियोजन भएको बजेट रकम १२ अर्ब मात्रै छ, यस हिसावले मलको आवश्यक परिमाणमा आपूर्ति हुँदैन भन्ने कुरा स्वतःसिद्ध नै छ, त्यसैले हामी अब कसरी साधन स्रोत व्यवस्थापनको कुरोलाई कसरी व्यवस्था गर्ने ? भन्ने विषयमा छलफल भएको हो ।’

छलफलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सह सचिव प्रकाशकुमार सञ्जेलले १२ अर्बको मल खरिद गर्ने योजना मात्रै बनाउन नहुने बताउनुभयो । सरकारले आवश्यक पर्ने टेन्टेटिभ रकमको हिसावले योजना बनाएर अनुदानको बजेटले भ्याएसम्म तत्काल दिने र बाँकी फरफार गर्ने किसिमले काम अघि बढाइनुपर्ने बताउनुभयो ।

सह सचिव सञ्जेलले भन्नुभयो, ‘हामीले सरकारले १२ अर्बको रासायनिक मल खरिद गर्ने भनेर छुट्याएको रकमको मात्रै योजना बनाएका छौँ, तर त्यो भन्दा पनि बढी कसरी खरिद गर्न सकिन्छ भनेर सोच्नुपर्छ, हामीले अनुदानको बजेटले भ्यासम्म इमिडेट्ली दिने र बाँकी फरफारबाट आपूर्ति गरेर दिने गर्नुपर्छ, अनुदानको मूल्य बिक्री गरिसकेपछि मात्रै दिनुपर्ने हो, तर हामी अहिले एडभान्समै दिइरहेका छौँ, त्यसैले हामीले टेन्टेटिभ डिमाण्डको हिसावलाई प्रोजेक्शन गरेर बिजनेश प्लान बनाएर अघि बढ्नुपर्छ ।’

छलफलमा उपस्थित अन्य वक्ताहरुले सरकारले वर्षदिनमा आवश्यक पर्ने मलको मागलाई खरिदका प्रक्रियाहरु अघि बढाउनुपर्ने र समयमै शुरु गर्नुपर्ने बताउनुभएको थियो । उहाँहरुले अहिले दिइरहेको अनुदान युरिया मलमा मात्रै भइरहेकोले डिएपी र म्युरेटिप पोटासमा कम भएकोले युरियाको अनुदान घटाएर अन्य रासायनिक मलको मात्रा बढाउन सकिने धारणा राख्नुभएको थियो ।