२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

रासायनिक मल व्यवस्थापनबारे छलफल

रासायनिक मल व्यवस्थापनबारे छलफल
अ अ+ अ-

काठमाडौं । कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले रासायनिक मल व्यवस्थापन, हालको अवस्था र कार्यदिशाको बारेमा छलफल गरेको छ । आईतबार सिंहदरवारमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विकास महाशाखा अन्तर्गतको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले सरोकारवाला निकायहरुलाई बोलाएर रासयनिक मल व्यवस्थापन, हालको अवस्था र कार्यदिशाको बारेमा छलफल गरेको हो । 

छलफलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.कृष्णप्रसाद आचार्यले रासायनिक मलको कुरा जनतासँग धेरै जोडिएको भएकोले टेक्निकली रुपमा मूल्य निर्धारण गर्न अफ्ठ्यारो रहेको बताउनुभयो । रासायनिक मल खरिद, बिक्री गर्ने सहजता ल्याउने बताउनुभयो । सचिव आचार्यले खरिद ऐन र बोलपत्रले केही असर पारेको भन्ने कुरामाथि उच्चस्तरीय छलफलमा राख्ने बताउनुभयो । उहाँले तेलको जस्तै गरेपनि समस्या रासायनिक मलको समस्या समाधान हुनसक्ने प्रश्ताव राखेको पनि बताउनुभयो ।

सचिव आचार्यले भन्नुभयो, ‘प्राइबेट सेक्टर इन्गेजमेण्ट हुनसक्छ भन्ने खालको एउटा सुझाव आयो, विगतमा पनि हामीले त्यो प्राक्टिस गरेका हौँ, यो विषयलाई उच्चस्तरीय छलफलमा राखिनेछ, अहिलेको हाम्रो खरिद ऐनअनुसार बोलपत्र र यससँग सम्बन्धित विषयहरुले पनि केही अफ्ठ्यारो पारेको भन्ने कुरा छ, यसमा पनि छलफल गरिनेछ, हाइ पोल्टिकल लेभलमा मैले धेरै नबुझ्दा पनि तेलको जस्तै गर्यो भनेपनि यसको समस्या समाधान हुन्छ भन्ने प्रश्ताव पनि राखेको थिएँ, मार्केटअनुसार खरिद पनि त्यस्तै र बिक्री पनि २०७३ सालको बिक्री मूल्यमा हामी बेचिरहेका छौँ, यो जनतासँग धेरै जोडिएको भएर पनि यसलाई टेक्निकली मूल्य निर्धारण गर्न अफ्ठ्यारो छ ।’

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका उपसचिव डा. गंगादत्त आचार्यले आवश्यक परिमाणका लागि छुट्याइएको रकमले आधा मात्रै मल खरिद गर्न सकिने भन्दै आवश्यक परिमाणमा मल आपूर्ति हुन नसक्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य अत्याधिक वृद्धि भएकोले मलको अनुदानको लागि छुट्याइएको रकमले आवश्यक परिमाणको आधा मात्रै आउने बताउनुभयो । उहाँले ५ लाख २० हजार रासायनिक मल खरिद गर्न करिव २० अर्ब रुपैयाँ लाग्ने भन्दै नेपाल सरकारले विनियोजन गरेको रकमले आधा परिमाण मात्रै आउने बताउनुभयो ।

उपसचिव आचार्यले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य अत्याधिक वृद्धि भइरहेको छ, मलको अनुदानको लागि छुट्याइएको रकमले आवश्यक परिमाणको आधा मात्रै आउँछ, ५ लाख २० हजार रासायनिक मल खरिद गर्न करिव २० अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने देखियो, अनुदानकै हिस्सा मात्रै तर हामीसँग त्यो प्रयोजनका लागि विनियोजन भएको बजेट रकम १२ अर्ब मात्रै छ, यस हिसावले मलको आवश्यक परिमाणमा आपूर्ति हुँदैन भन्ने कुरा स्वतःसिद्ध नै छ, त्यसैले हामी अब कसरी साधन स्रोत व्यवस्थापनको कुरोलाई कसरी व्यवस्था गर्ने ? भन्ने विषयमा छलफल भएको हो ।’

छलफलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सह सचिव प्रकाशकुमार सञ्जेलले १२ अर्बको मल खरिद गर्ने योजना मात्रै बनाउन नहुने बताउनुभयो । सरकारले आवश्यक पर्ने टेन्टेटिभ रकमको हिसावले योजना बनाएर अनुदानको बजेटले भ्याएसम्म तत्काल दिने र बाँकी फरफार गर्ने किसिमले काम अघि बढाइनुपर्ने बताउनुभयो ।

सह सचिव सञ्जेलले भन्नुभयो, ‘हामीले सरकारले १२ अर्बको रासायनिक मल खरिद गर्ने भनेर छुट्याएको रकमको मात्रै योजना बनाएका छौँ, तर त्यो भन्दा पनि बढी कसरी खरिद गर्न सकिन्छ भनेर सोच्नुपर्छ, हामीले अनुदानको बजेटले भ्यासम्म इमिडेट्ली दिने र बाँकी फरफारबाट आपूर्ति गरेर दिने गर्नुपर्छ, अनुदानको मूल्य बिक्री गरिसकेपछि मात्रै दिनुपर्ने हो, तर हामी अहिले एडभान्समै दिइरहेका छौँ, त्यसैले हामीले टेन्टेटिभ डिमाण्डको हिसावलाई प्रोजेक्शन गरेर बिजनेश प्लान बनाएर अघि बढ्नुपर्छ ।’

छलफलमा उपस्थित अन्य वक्ताहरुले सरकारले वर्षदिनमा आवश्यक पर्ने मलको मागलाई खरिदका प्रक्रियाहरु अघि बढाउनुपर्ने र समयमै शुरु गर्नुपर्ने बताउनुभएको थियो । उहाँहरुले अहिले दिइरहेको अनुदान युरिया मलमा मात्रै भइरहेकोले डिएपी र म्युरेटिप पोटासमा कम भएकोले युरियाको अनुदान घटाएर अन्य रासायनिक मलको मात्रा बढाउन सकिने धारणा राख्नुभएको थियो ।