२५ मंसिर २०८२, बिहीबार
,
Latest
कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं: मन्त्री कुलमान घिसिङ स्कुटरसहित पाँच वटा सवारी ठोक्किँदा एक जनाको मृत्यु नयाँ पुस्तालाई राजनीतिक रुपमा सङ्गठित गर्न नसक्दा जेनजी आन्दोलन : बिजुक्छे देवघाट क्षेत्रलाई प्लाष्टिकमुक्त बनाइने प्रधानमन्त्रीद्वारा चेस खेलमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्गबहादुर राणालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने एकीकृत शक्ति नेपालको माग



अ+ अ-

काठमाडौँ । श्री ३ महाराजाधिराज जङ्गबहादुर राणाले नेपालको इतिहासमा पुर्‍याएको योगदानको वास्तविक मूल्याङ्कन गर्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग एकीकृत शक्ति नेपालले गरेको छ।

एकीकृत शक्ति नेपालका संयोजक देवप्रकाश त्रिपाठीले जङ्गबहादुर राणाले राष्ट्रका निम्ति पुर्‍याउनुभएको योगदानबारे उहाँको २०६ औँ जन्मजयन्तीका अवसरमा प्रज्ञा भवन कमलादीमा एक अन्तरक्रियात्मक प्रवचन कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ, डा रमेश ढुङ्गेल र प्रा डा त्रिरत्न मानन्धरले कार्यक्रममा सहभागिता जनाएर आफ्ना अमूल्य विचार सम्प्रेषण गर्नुभएको थियो ।

कार्यक्रम सफल बनाउन विशेष सहयोग पुर्‍याउनुहुने पार्टीका उपाध्यक्षलगायत भ्रातृ संघसंस्थाका प्रतिनिधिहरुलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ ।