• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

ओमप्रकाशसहित चार नेताद्वारा ‘विप्लव’को पार्टी परित्याग



काठमाडौँ । पूर्वपोलिटब्यूरो सदस्य ओमप्रकाश पुनसहित चार नेताले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेका छन् ।

सेती महाकाली इन्चार्जसमेत रहेका पुन, पूर्वसभासद तथा सेती ब्यूरो इन्चार्ज शंकरबहादुर खड्का, नवौँ महाधिवेशन आयोजक कमिटी सदस्य दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्ज रमेश परियारले विप्लवको पार्टी छाडेका हुन् ।

उनीहरुले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा अहिलेको बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको उल्लेख छ ।

माओवादी धारालाई एकीकृत र धुर्वीकृत गर्ने व्यक्तिगत र सामूहिक पहलमा अघि बढ्नुपर्ने वस्तुगत आवश्यकतालाई महसुस गरी नेपाल कम्युनिष्ट पार्टीबाट अलग रहने निर्णय गरेको उनीहरुको राजीनामा पत्रमा उल्लेख छ ।