१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय



अ+ अ-

काठमाडौ । नेकपा माओवादी केन्द्रले व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको छ ।

आज बिहान अध्यक्ष पुष्पकमल दाहालको निबास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी सदस्य सम्मिलित केन्द्रीय कार्यालयको विस्तारित वैठकले नेपालको चासोका विषयहरुमा नेपाली पक्षको धारणा र शर्तसहित तयार हुने व्याख्यात्मक घोषणा राखेर एमसिसी पारित गर्ने निर्णय गरेको हो ।

व्याख्यात्मक घोषणामा सम्झौतामा कायम रहेका आशंकाहरुमा नेपालको धारणा उल्लेख गरिनेछ । नेपाली पक्षले बुझे अनुरुप यो कार्यान्वयनमा नजाने अवस्थामा सम्झौता भंग हुने त्यसमा उल्लेख हुनेछ ।