५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय र आमिरको बक्स अफिसमा भिडन्त हुने



अ+ अ-

एजेन्सी । अक्षय कुमार स्टारर फिल्म ‘रक्षा बन्धन’को ट्रेलर सार्वजनिक भएको छ । योसँगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ । फिल्म अगस्ट ११ अर्थात् रक्षाबन्धनको दिन रिलिज हुँदैछ ।

सोही दिन आमिर खानको ‘लाल सिंह चड्ढा’ पनि रिलिज हुँदैछ । यसलाई यो वर्षको सबैभन्दा ठूलो बलिउड भिडन्त भएको मानिएको छ ।

ट्रेलर लञ्च कार्यक्रममा अक्षयले मिडियासँग यस भिडन्तको बारेमा कुरा गर्दै त्यसलाई भिडन्त नभई, ठूलो दिन रहेको बताए ।

आमिरको फिल्मसँग टकराव भएको प्रश्नको जवाफमा अक्षय कुमारले भने, ‘यो टकराव होइन । दुईवटा राम्रा चलचित्र सँगै आउँदैछन् । यो ठूलो दिन हो । कोभिडका कारण धेरै फिल्म रिलिज भएनन् भने कतिपय रिलिजको पर्खाइमा छन् । अब एकैसाथ धेरै चलचित्र रिलिज हुनु स्वभाविक हो । आशा छ दुबै चलचित्रले राम्रो प्रतिक्रिया पाउनेछन् ।’

रक्षा बन्धनको कथा एक भाइको बारेमा रहेको छ जसले आफ्ना चार बहिनीहरूको विवाहको जिम्मेवारी वहन गर्दछ । उनकी प्रेमिकाले विवाह गर्न जिद्दी गरिरहेकी हुन्छिन् । फिल्म यही पारिवारिक मिश्रणबाट बनेको छ ।

फिल्ममा अक्षय कुमारसँगै भूमि पेडनेकर, सादिया खातिब, सीमा पाहवा, दीपिका खन्ना मुख्य भूमिकामा देखिनेछन् । फिल्मलाई आनन्द एल राईले निर्देशन गरेका छन् ।