१ आश्विन २०८३, बिहीबार
,
Latest
जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च ९ अर्बले बढी असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय र आमिरको बक्स अफिसमा भिडन्त हुने



अ+ अ-

एजेन्सी । अक्षय कुमार स्टारर फिल्म ‘रक्षा बन्धन’को ट्रेलर सार्वजनिक भएको छ । योसँगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ । फिल्म अगस्ट ११ अर्थात् रक्षाबन्धनको दिन रिलिज हुँदैछ ।

सोही दिन आमिर खानको ‘लाल सिंह चड्ढा’ पनि रिलिज हुँदैछ । यसलाई यो वर्षको सबैभन्दा ठूलो बलिउड भिडन्त भएको मानिएको छ ।

ट्रेलर लञ्च कार्यक्रममा अक्षयले मिडियासँग यस भिडन्तको बारेमा कुरा गर्दै त्यसलाई भिडन्त नभई, ठूलो दिन रहेको बताए ।

आमिरको फिल्मसँग टकराव भएको प्रश्नको जवाफमा अक्षय कुमारले भने, ‘यो टकराव होइन । दुईवटा राम्रा चलचित्र सँगै आउँदैछन् । यो ठूलो दिन हो । कोभिडका कारण धेरै फिल्म रिलिज भएनन् भने कतिपय रिलिजको पर्खाइमा छन् । अब एकैसाथ धेरै चलचित्र रिलिज हुनु स्वभाविक हो । आशा छ दुबै चलचित्रले राम्रो प्रतिक्रिया पाउनेछन् ।’

रक्षा बन्धनको कथा एक भाइको बारेमा रहेको छ जसले आफ्ना चार बहिनीहरूको विवाहको जिम्मेवारी वहन गर्दछ । उनकी प्रेमिकाले विवाह गर्न जिद्दी गरिरहेकी हुन्छिन् । फिल्म यही पारिवारिक मिश्रणबाट बनेको छ ।

फिल्ममा अक्षय कुमारसँगै भूमि पेडनेकर, सादिया खातिब, सीमा पाहवा, दीपिका खन्ना मुख्य भूमिकामा देखिनेछन् । फिल्मलाई आनन्द एल राईले निर्देशन गरेका छन् ।