२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्जिनियर आकर्षण पोखरेलले काठमाडौं ४ बाट चुनाव लड्ने



अ+ अ-

काठमाडौं । आगामी निर्वाचनका लागि काठमाडौंमा स्वतन्त्र उम्मेदवारहरुको घोषणा गर्ने क्रम बढिरहेका बेला काठमाडौं क्षेत्र नम्त्रर ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

क्षेत्र नम्बर ४ अन्तर्गत कपनको साततलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

यो क्षेत्र कांग्रेसका महामन्त्री गगन थापाको क्षेत्र समेत हो । उम्मेदवारी घोषणा कार्यक्रममा पोखरेलले गणितीय हिसाबले चुनावमा हार र जित देखिए पनि राजनीतिमा कहिल्यै नहार्ने बताए ।

आफूसँग विकासको एजेण्डा रहेको बताउँदै उनले पाँच बुँदे सूत्र सुनाए । आफू कसैलाई गाली गरेर नेता बन्न नचाहेको तर विकास गर्न सक्ने योजना रहेको पोखरेलको भनाई छ ।

पोखरेलको स्वतन्त्र उम्मेदवारी घोषणामा अभिनेता आर्यन सिग्देल पनि उपस्थित थिए । उनले परिवर्तनका लागि युवालाई अघि सार्नुपर्ने भएकाले इन्जिनियर पोखरेललाई आफ्नो समर्थन रहेको बताए ।