१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्जिनियर आकर्षण पोखरेलले काठमाडौं ४ बाट चुनाव लड्ने



अ+ अ-

काठमाडौं । आगामी निर्वाचनका लागि काठमाडौंमा स्वतन्त्र उम्मेदवारहरुको घोषणा गर्ने क्रम बढिरहेका बेला काठमाडौं क्षेत्र नम्त्रर ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

क्षेत्र नम्बर ४ अन्तर्गत कपनको साततलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

यो क्षेत्र कांग्रेसका महामन्त्री गगन थापाको क्षेत्र समेत हो । उम्मेदवारी घोषणा कार्यक्रममा पोखरेलले गणितीय हिसाबले चुनावमा हार र जित देखिए पनि राजनीतिमा कहिल्यै नहार्ने बताए ।

आफूसँग विकासको एजेण्डा रहेको बताउँदै उनले पाँच बुँदे सूत्र सुनाए । आफू कसैलाई गाली गरेर नेता बन्न नचाहेको तर विकास गर्न सक्ने योजना रहेको पोखरेलको भनाई छ ।

पोखरेलको स्वतन्त्र उम्मेदवारी घोषणामा अभिनेता आर्यन सिग्देल पनि उपस्थित थिए । उनले परिवर्तनका लागि युवालाई अघि सार्नुपर्ने भएकाले इन्जिनियर पोखरेललाई आफ्नो समर्थन रहेको बताए ।

 




भर्खरै