४ भाद्र २०८३, बिहीबार
,
Latest
‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन राप्रपाले गर्‍यो बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलमुताईरीको नेपाल नफर्कने संकेत !



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाल नफर्कने संकेत गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएसँगै अलमुताईरीले नेपाल नफर्कने संकेत गरेका हुन् ।सोमबार भएको चुनावमा कर्माछिरिङ शेर्पालाई पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित भएका छन् ।

नेम्बाङ निर्वाचित भएपछि सामाजिक संजाल इन्स्टाग्राममा एक स्टोरी राख्दै अलमुताईरीले नेपाल नफर्कने संकेत गरेका हुन् । यद्दपी उनले उक्त स्टोरी हटाइसकेका छन् ।

एएफसी एसियन कप छनोटका लागि कुवेत पुगेका अलमुताईरी छनोटपछि कुवेतमै रहेका छन् । उनी एन्फासँग छुट्टी माग्दै तीन महिना बिदामा बसेका छन् ।

प्रशिक्षक अलमुताइरीको त्यतिबेलाका वरिष्ठ उपाध्यक्ष तथा अहिलेका निर्वाचित अध्यक्षसँग नै विवाद भएको थियो । तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूले पदबाट राजीनामा दिन लागेको बताएपनि उनले राजीनामा भने दिएनन् ।

त्यही समयमा उनले तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पाबाहेक अन्य अध्यक्षसँग काम गर्न नसक्ने बताएका थिए ।