१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर बालेनले रूटिन अफ नेपाल बन्दलाई ‘हायर’ गरेको आरजु देउवाको दाबी (भिडियोसहित)



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसकी नेतृ आरजु देउवाले बालेन्द्र साह सोसल मिडियाको प्रभावकारी परिचालन गरेर काठमाडौं महानगरपालिकाको मेयर बन्न सफल भएको टिप्पणी गर्नु भएको छ ।

नेपाल तरुण दलले सोमबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेतृ देउवाले रुटिन अफ नेपाल बन्द कन्सल्टेन्सी साहले कतिमा हायर गर्नु भयो ? भनि प्रश्न समेत गर्नु भयो । ठूलो फ्लोअर भएको रुटिन अफ नेपाल बन्दलाई परिचालन गरेर स्वतन्त्रतर्फका उम्मेदवार साह मेयर बन्न सफल भएको उहाँको भनाई थियो ।

नेतृ देउवाले पार्टी सिष्टममा नेताहरुले देश चलाउने स्पष्ट पार्नु भयो । स्वतन्त्रको तर्फबाट उम्मेदवार बनेर जनप्रतिनिधि बन्ने संवैधानिक व्यवस्था आफ्नो पार्टीको पहलमा भएको उहाँले दावी समेत गर्नु भयो । नेतृ देउवाले भन्नु भयो, ‘उहाँले त्यहाँ कन्सल्टेन्सी कतिमा हायर गर्नु भयो ? रुटिन आफ नेपाल बन्दलाई । यत्रो ठूलो फ्लोअर भएको रुटिन अफ नेपाललाई उहाँले परिचालन गर्न सफल हुनु भयो । राजनीति हो–एभ्रिथिङ्क ईज फियर भन्छ । हाम्रो पार्टीले संविधान बनाउने बेलामा स्वतन्त्र व्यक्तिहरुलाई पनि उम्मेदवार बन्ने प्रावधान राख्ने व्यवस्था गरेकाले अहिले उनीहरुले मौका पाएका हुन । तर देशलाई जोगाउने हो भने, समृद्ध बनाउने हो भने राजनीति पार्टीहरुले नै गर्ने हो ।’

नेतृ देउवाले नेता बन्नका लागि आफ्नो क्षमताको पहिचान गरेर आउनुपर्ने धारणा समेत राख्नु भयो ।