२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने खालको बजेट नभएको सांसद गौतमको आरोप



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा विनियोजन गरेको बजेट समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने खालको नभएको दावी गर्नु भएको छ ।

संविधान बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुनेगरी हरेक गतिविधि गर्ने प्रतिवद्धता जनाउँदै आएको सरकारले कृषि क्षेत्रको बजेटमा भने त्यसतर्फ कुनै पनि दृष्टिकोण पु¥याउन नसकेको सांसद गौतमको भनार्ई छ । सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले कृषि क्षेत्रका लागि छुट्टयाएको बजेटले त्यसको आधि कार्यक्रम पनि लागू गराउन सक्ने अवस्था नरहेको बताउनुभयो । सांसद गौतमले सरकारले कृषि क्षेत्रको विकासका लागि राम्रो कार्यक्रम ल्याएपनि त्यसका लागि बजेटको व्यवस्था गर्न नसकेको पटकपटक दोहो¥याउनु भयो ।

सांसद गौतमले भन्नु भयो, ‘समाजवाद उन्मुृख सामाजिक–आर्थिक रुपान्तरण गर्ने र त्यसबाट समृद्ध समाजवाद प्राप्त गर्ने संविधानमा पनि लेखिएको छ । सरकारले हर ठाउँमा त्यो कुरा उल्लेख गरेको छ । हामी त्यो बाटोमा जान्छौं भनेर भनेको छ । तर, बजेटलाई हेर्दाखेरी विनियोजन शिर्षकलाई हेर्दाखेरी मैले एउटा पनि कार्यक्रम समाजवाद उन्मुख भएको ठानिन ।

सबै राम्रा कार्यक्रमहरु छन । विरोध गर्न मन लाग्दैन । तर त्यसलाई हेर्दाखेरी दृष्टिकोण नै छैन । कृषिलाई कसरी विकास गर्ने हो, कुन ठाउँमा परिवर्तनको सुरुवात गर्ने हो ? भन्ने छैन । जति कार्यक्रमहरु आएका छन् । ५५ अर्व ९७ करोड त्यसको आधा पनि कार्यक्रम लागू गर्नका लागि पर्याप्त छैन बजेट । जे भनिएको छ । यसमा साँच्चीकै एक वर्ष भित्र काम गर्ने हो भने त्यसमा ८÷९ खर्व खर्च हुन्छ । तव मात्रै यी सबै कार्यक्रमहरु लागू गर्न सकिन्छ । त्यसो भएर यो दृष्टिकोण विहिन छ । हामीले संविधान निर्माण गर्दाखेरी नै सामाजिक–आर्थिक रुपान्तरण गरेर समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने भन्यौं । यो गठबन्धन भएकाले यस्तो भन्ने पनि छैन । किनभने संविधानले नै त्यो बाटो अवलम्बन गर्ने भनेपछि त्यस अनुसार आउनुपथ्र्यों । तर त्यसका लागि दृष्टिकोणको अभाव भयो ।’

सांसद गौतमले कृषि क्षेत्रको विकास नभई मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न नसकिने उल्लेख गर्दै त्यसै अनुसारको बजेट ल्याउने काममा सरकारसँग दृष्टिकोणको अभाव रहेको बताउनु भयो ।