१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी एकाध व्यक्तिको निजी क्लव जस्तो भयो-लेखनाथ न्यौपाने



अ+ अ-

काठमाडौ । नेकपा माओबादी केन्द्रका नेता लेखनाथ न्यौपानेले  पार्टी  एकाध व्यक्तिको निजी क्लब बनाईएको आरोप लगाउनु भएको छ ।

आज बिहान अध्यक्ष पुष्पकमल दाहालको निबास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी सदस्य सम्मिलित केन्द्रीय कार्यालयको विस्तारित वैठकले एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय पछि सामाजिक संञ्जाल फेसबुकमा नेता न्यौपाने ले पार्टी राष्ट्रघाति कित्तामा उभिएको टिप्पणी गर्नुभयो ।

उहाँले लेख्नु भएको छ –

नेकपा (माओवादी केन्द्र) ले आज एमसीसीका बारे गरिएको भनिएको निर्णयबारे 

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैंठक पटक पटक स्थगित गरिएको छ । महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेको अबस्था छ । एकातिर केन्द्रीय समितिको बैठक बसाल्दै नबसाल्ने अर्कोतिर एमसीसी जस्तो  मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर बिषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस, एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने ? यसको मारमा देश, जनता, पार्टी र पार्टीका कार्यकर्ता पर्नुपर्ने ।

 हालको नेकपा (माओवादी केन्द्र) मा केन्द्रीय समितिको निर्णय बाहेक अरुले गर्ने निर्णय अधिकारिक हुँदैन् । आज बिहान बसेको भनिएको बैठकको कुनै बैधानिकता छैन् । 
माओवादी राष्ट्रघात गर्ने पार्टी होइन,  माओवादी एकाध व्यक्तिको निजी क्लब होइन ।