१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेना दिवसका अवसरमा ब्याडमिन्टन प्रतियोगिता सुरु



अ+ अ-

महेन्द्रनगर । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि पुरुष सिनियर डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

यहाँस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा, भगतपुर ब्यारेकको आयोजना तथा कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको संयोजनमा सुरु भएको प्रतियोगितामा जिल्लाभरका २८ समूह सहभागी छन् ।

प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले उद्घाटन गर्नुभयो । सेना–नागरिक सम्बन्ध सुदृढीकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै सेनाले यहाँ स्वास्थ्य शिविर, मैत्री फुटबललगायतका कार्यक्रम आयोजना गरेको छ ।

यही फागुन १७ गते सेना दिवसका दिन समापन गरिने प्रतियोगिताका विजयी खेलाडीलाई प्रमाणपत्र, मेडल र ट्रफीसहित पुरस्कृत गरिने सेनाले जनाएको छ ।