२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले दमकका १३ परिवार विस्थापित



अ+ अ-

दमक । लगातार वर्षाका कारण रतुवा खोलामा आएको बाढीले दमक–७ का १३ घरपरिवार विस्थापित भएका छन् । केही दिनयता रतुवा खोलामा आएको बाढीसँगै कटान तीव्र बनाएपछि दमक–७ रेडक्रस भवन नजिकैको बस्तीका १३ घरपरिवार विस्थापित भएका हुन् ।

विस्थापित हुनेमा खड्ग लिम्बू, विष्णु लिम्बू, सुवास लिम्बू, रामकुमारी लावती, गोमा तामाङ, सूर्यमान आचार्य, विमल किस्कु, राजेश किस्कु, मनोज मास्के, भारती तामाङ, लाक्पा शेर्पा, डिकबहादुर गुरुङ र दीपक गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कटान परेका परिवाराई गएराति नै नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताउनुभयो । यसैगरी, आज बिहान नै रतुवा खोलामा बाढी आउँदा गौरादह–६ स्थित टङ्गुवा बस्तीमा करिब २५ घर डुबानमा परेका छन् । डुबानमा परेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएको र बस्तीमा दुई फिटजति पानी पसेको तर क्षति भने नभएको उपरीक्षक पाठकले बताउनुभयो ।