२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाद्वारा लामो दूरीको क्रुज क्षेप्यास्त्र परीक्षण



अ+ अ-

एजेन्सी । उत्तर कोरियाले सफलतापूर्वक एउटा नयाँ प्रकारको लामो दूरीमा प्रहार गर्न सकिने क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको जनाएको छ।

उक्त क्षेप्यास्त्रले जापानको धेरै भागमा प्रहार गर्न सक्ने उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ।

उसका अनुसार शनिवार र आइतवार दुईवटा क्षेप्यास्त्र परीक्षणका लागि प्रहार गरिएको थियो।

दुवै क्षेप्यास्त्र १,५०० किलोमिटर टाढासम्म पुग्न सक्ने उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाएको छ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले गत ज्यानुअरीमा पदभार ग्रहण गरेलगत्तै उत्तर कोरियाले क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको थियो।

ब्यालिस्टीक क्षेप्यास्त्र र आणविक कार्यक्रमका कारण प्योङयाङमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइएको छ।

उत्तर कोरियासँग लामो समयदेखि कायम कूटनीतिक गतिरोधका विषयमा टोक्योमा अमेरिका, जापान र दक्षिण कोरियाका अधिकारीहरूबीच हुन लागेको छलफलको पूर्वसन्ध्यामा पछिल्लो परीक्षण गरिएको हो। (बीबीसी)