२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाविरूद्ध नेपालले पहिले फिल्डिङ गर्दै



अ+ अ-

काठमाडौं । सोमबारबाट ओमानमा सुरू भएको आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । 

ओमानस्थित अल अमारत क्रिकेट मैदानमा अमेरिकाले टस जितेर  पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्दैछ ।  यो समाचार तयार पार्दासम्म अमेरिकाले ३.३ ओभरमा विनाविकेटको क्षतिमा १७ रन जोडेको छ । 

अमेरिका विरूद्ध नेपाली टिममा पीएनजीसँगको यसअघि खेलेको टोलीनै मैदानमा उत्रिएका छन् । 

लिग टु अन्तर्गत नेपालमा भएको खेलमा नेपालले अमेरिकामाथि दुवै खेलमा जित निकालेको थियो । 

नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव