काठमाडौं । सोमबारबाट ओमानमा सुरू भएको आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
ओमानस्थित अल अमारत क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्दैछ । यो समाचार तयार पार्दासम्म अमेरिकाले ३.३ ओभरमा विनाविकेटको क्षतिमा १७ रन जोडेको छ ।
अमेरिका विरूद्ध नेपाली टिममा पीएनजीसँगको यसअघि खेलेको टोलीनै मैदानमा उत्रिएका छन् ।
लिग टु अन्तर्गत नेपालमा भएको खेलमा नेपालले अमेरिकामाथि दुवै खेलमा जित निकालेको थियो ।
नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव