२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्री र मुख्यसचिवद्वारा अंगदानको घोषणा (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री र नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले अंग दान गर्ने घोषणा गर्नुभएको छ । राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री बिरोध खतिवडा र मुख्यसचिव बैरागीले मुत्युपश्चात् अंग दान गर्ने घोषणा गर्नुभएको हो । 

कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अंग दान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्नको लागि गाउँ गाउँसम्म स्वास्थ्य केन्द्रहरु पुर्‍याउनु पर्ने भएको थप जनशक्तिको आवश्यक्त परिपूर्ति गर्ने पनि विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री खतिवडाले भन्नुभयो, ‘मैले अंग दान गर्ने घोषणा गरेँ, त्यसको लागि मालपोत कार्यालयमा कहाँ कहाँ ल्याप्चे लगाउँछन्, सही गराउँछन् त्यस्तै मैले कहाँकहाँ ल्याप्चे सही गर्नुपर्ने हो तयारी गरिदिनु होला । चुनौतिले अवसर दिन्छ भनेजस्तै हामीलाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुनको लागि गाउँ गाउँसम्म स्वास्थ्य केन्द्रहरु पुर्‍याउन, स्वास्थ्य सामग्रीहरु पुर्‍याउन, अनेकौँ ढंगबाट भौतिक संरचनाहरु निर्माण गर्न, स्वास्थ्यमा थप जनशक्तिको आवश्यक्ता छ भन्ने कुरातर्फ ध्यान आकर्षण गराउन, यी हरेक क्षेत्रमा यो बीचको केही अवधिमा निकै राम्रो प्रगति गरेका छौँ । प्रगति गर्ने क्रममा नै छौँ ।’

त्यस्तै नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले आफू अंग दान गर्न इच्छुक रहेको र आगामी दिनमा स्वेच्छिक धारणाहरु सार्वजनिक गर्ने बताउनु भयो । उहाँले नेपालले विगत दुई वर्ष यता स्वास्थ्य पूर्वाधार र जनशक्ति विकासको क्षेत्रमा उल्लेख्य फड्को मारेको बताउनु भयो । मुख्यसचिव बैरागीले स्वास्थ्य सेवालाई उचाईमा पुर्‍याउन खुला, पारदर्शी, व्यवस्थित ढंगबाट छलफल गरेर सरकारले धान्न र बोक्न सक्नेसम्मको सेवासुविधा बिस्तार गर्नेदेखि ऐन, कानून मिलाउने कुराहरुमा आफ्नो प्रत्यक्ष भुमिका रहने पनि बताउनु भयो ।

मुख्यसचिव बैरागीले भन्नुभयो, ‘म अंगदान गर्ने घोषणा गर्न चाहन्छु । यसमा धेरै स्वेच्छिक धारणाहरु आउनेछन्, कहाँ कहाँ लिखित के गर्नुपर्छ, त्यसको प्रवन्ध राम्रोसँग गरेर राख्नुहोला । स्वास्थ्य पूर्वाधार र जनशक्ति विकासको सन्दर्भमा यो दुई वर्षमा हामीले उल्लेख्य प्रगति गरेका छौँ । जनशक्ति र अन्य पूर्वाधारका कुराहरु अघि लैजान ठोस कार्यायोजना लिएर हामी अघि बढ्यौँ भने मलाई लाग्छ, जनशक्ति र पूर्वाधार विकासमा उल्लेख्य फड्को मार्न सक्छौँ । यो स्वास्थ्य सेवाको व्यवस्थापन, कर्मभारीको समायोजनदेखि लिएर यहाँ जति पनि विषयहरु उठे त्यसको विषयमा समीक्षा गर्नको लागि आज नै स्वास्थ्य मन्त्रालयका सचिवज्यूको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, कानून मन्त्रालय लगायतका मन्त्रालयहरुको टोलि प्रतिनिधित्व रहनेगरी काम गर्ने प्रवन्ध मिलाउनेछु । तपाईहरुसँग खुला, पारदर्शी, व्यवस्थित ढंगबाट छलफल गरेर हामीले धान्न सक्ने, हामीले बोक्न सक्नेसम्मको सेवासुविधा बिस्तार गर्नेदेखि लिएर ऐन, कानून मिलाउने कुराहरुमा मेरो सक्रिय र प्रत्यक्ष भुमिका रहनेछ ।’

स्वास्थ्य सेवाको व्यवस्थापन, कर्मचारीको समायोजन लगायतका विषयहरुमा समीक्षा गर्नको लागि प्रधानमन्त्रीको कार्यालय, अर्थ, स्वास्थ्य, कानून मन्त्रालयको प्रतिनिधित्व रहनेगरि काम गर्ने प्रवन्ध मिलाउने प्रतिवद्धतासमेत जनाउनु भयो । यस वर्ष सरकारले गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिवद्धता भन्ने मुल नारासहति स्वास्थ्य सेवा दिवस मनाएको छ ।