१७ असार २०८३, बुधबार
,
Latest
शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह जङ्गली जनावरका लागि श्रीमानले राखेको विद्युतीय पासोमा श्रीमती परेपछि … आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति शर्माद्वारा बक्सिङ खेलाडीलाई बिदाइ



अ+ अ-

काठमाडौं । इन्टरनेशनल मिलिटरी स्पोर्ट्स काउन्सिल (सिजम्स) को आयोजनामा यही भदौ ३१ गतेदेखि असोज १० गतेसम्म रसियाको राजधानी मस्कोमा आयोजना हुन गइरहेको ‘५८औँ वल्र्ड मिलिटरी बक्सिङ च्याम्पियनसिप २०२१’ मा सहभागी हुन लागेका नेपाली सेनाका खेलाडीलाई आज बिदाइ गरिएको छ । 

प्रधानसेनापति प्रभुराम शर्माले आज सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रतियोगितामा सहभागी सात अफिसियल र आठ खेलाडीसहित १५ जनालाई औपचारिकरूपमा विदाइ गर्नुभएको हो । सन् २०१८ मा नेपाली सेनाले सिआइएसएमको सदस्यता प्राप्त गरेपछि सन् २०१९ मा चीनको उहानमा आयोजना गरिएको सातौँ सिआइएसएम वल्र्ड गेम्समा १३ खेलमा सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएको थियो । 

मस्कोमा सञ्चालन हुने बक्सिङ खेलमा उपरथी निरञ्जनकुमार श्रेष्ठको नेतृत्वमा प्रमुख सेनानी उज्ज्वल केसी ९टिम क्याप्टेन०, सेनानी विशालशम्सेर थापा, सुवेदार देवेन्द्रराज सिंह ठकुरी र जमदार उमेश लामा ९कोच० तथा जमदार श्याम खड्का९मेडिकल स्टाफ० र ताराराम श्रेष्ठ अन्तर्राष्ट्रिय रेफ्री हुनुहुन्छ । खेलाडीमा प्रेम चौधरी, आशिष दुवाडी, दानबहादुर दर्लामी, सुशील थापा, मिनु गुरुङ, पुनम रावल, विमला श्रेष्ठ र चन्द्रकला थापा हुनुहुन्छ । अधिकांश खेलाडीले १३औँ साफ प्रतियोगितामा विभिन्न पदक प्राप्त गरिसक्नुभएको छ । 

सो अवसरमा प्रधानसेनापति शर्माले विश्वमा गोर्खाली फौजको गौरवशाली नाम राख्न सफल नेपाली सेनाका खेलाडीले यस प्रतियोगितामा पनि विजय हासिल गरी नेपाल र नेपालीको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गर्दै सफलताको कामना गर्नुभयो । उहाँले खेलले खेलाडीमा आत्मविश्वास, अनुशासन र उदाहरण प्रस्तुत गर्न मद्दत पुग्ने बताउँदै शारीरिक, मानसिक र नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि सहयोग पुग्दछ भन्नुभयो । उहाँँले प्रशिक्षणमा सिकेका ज्ञान र सीपको उपयोग गरी आत्मविश्वासका साथ प्रतियोगितामा सहभागी हुन पनि खेलाडीहरुलाई निर्देशन दिनुभयो । 

कार्यक्रममा महासेनानी शशिकिरण रायमाझीले खेल र खेलाडीको बारेमा जानकारी दिनुभएको थियो । सो प्रतियोगितामा नेपाललगायत विश्वका ३९ देशका ४९ महिला खेलाडीसहित झण्डै ३०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।