६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् बैठक एक घण्टा ढिलो बस्ने, एमालेको विरोध कायमै रहने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक एक घण्टा ढिलो बस्ने भएको छ । आज दिनको १ बजे प्रतिनिधिसभाको बैठक बस्ने कार्यसूची भए पनि २ बजे मात्र बस्ने भएको छ । आजको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यक्रम रहेको छ ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रतिनिधिसभामा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसीसी आजै पारित गर्ने निर्णय गरेको थियो । बैठकले व्याख्यात्मक टिप्पणीसहित संलग्न हुने गरी एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो । यसैबीच प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आज पनि संसद् बैठक अवरोध गर्ने भएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेको माग पूरा नभएसम्म संसद् बैठक अवरोधलाई जारी राख्ने बताउनुभयो । एमालेले आफूले कारवाही गरेका १४ जना सांसद्माथि सभामुखले कारवाही नगरेकाले संसद् बैठक अवरोध गर्नुपरेको बताएको छ ।