१९ भाद्र २०८३, शुक्रबार
,
Latest
१० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् बैठक एक घण्टा ढिलो बस्ने, एमालेको विरोध कायमै रहने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक एक घण्टा ढिलो बस्ने भएको छ । आज दिनको १ बजे प्रतिनिधिसभाको बैठक बस्ने कार्यसूची भए पनि २ बजे मात्र बस्ने भएको छ । आजको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यक्रम रहेको छ ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रतिनिधिसभामा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसीसी आजै पारित गर्ने निर्णय गरेको थियो । बैठकले व्याख्यात्मक टिप्पणीसहित संलग्न हुने गरी एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो । यसैबीच प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आज पनि संसद् बैठक अवरोध गर्ने भएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेको माग पूरा नभएसम्म संसद् बैठक अवरोधलाई जारी राख्ने बताउनुभयो । एमालेले आफूले कारवाही गरेका १४ जना सांसद्माथि सभामुखले कारवाही नगरेकाले संसद् बैठक अवरोध गर्नुपरेको बताएको छ ।