• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

नेपालले कुवेतलाई दियो १०८ रनको लक्ष्य



काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले जितका लागि कुवेतलाई १ सय ८ रनको लक्ष्य दिएको छ ।

मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन जोड्यो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै सर्वाधिक ३४ रन जोडिन् भने इन्दु बर्मा २८ रनमा अविजित रहिन् ।

यस्तै ज्योति पाण्डेले १५ तथा बिन्दु रावलले ११ रन जोडिन् । सिता मगर र काजल श्रेष्ठले ५/५ रन जोडिन् ।

कुवेतकी मारिमा हेदरले २ तथा मार्यम ओमार र खादिजा खालिलले १/१ विकेट लिईन् ।

च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । नेपाल समूह ‘बी’मा रहेको छ । जुन समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै, समूह ‘ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन् ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।