२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक करोडले चलाउँछन् फोरजी, एनसेल अघिअघि टेलिकम पछिपछि



अ+ अ-

काठमाडौँ । फोरजी सेवा सुरु भएको पाँच वर्षमा यसका प्रयोगकर्ता करिब एक करोड पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार असारसम्म नेपालमा फोरजी चलाउनेको सङ्ख्या ९९ लाख ५४ हजार नाघेको हो ।

नेपालमा अहिले तीनवटा दूरसञ्चार सेवा प्रदायकले फोरजी सेवा उपलब्ध गराइरहेका छन् । यद्यपि प्रतिस्पर्धा भने मुख्य रूपमा नेपाल टेलिकम र एनसेलबीच मात्र देखिन्छ । प्राधिकरणको तथ्याङ्कअनुसार टेलिकमका फोरजी प्रयोगकर्ता ४७ लाख ४४ हजार नाघेका छन् । एनसेलको सबैभन्दा धेरै ५० लाख ४२ हजार रहेको देखिन्छ । अर्को सेवा प्रदायक स्मार्ट टेलिकमका भने एक लाख ६६ हजार मात्र फोरजी प्रयोगकर्ता रहेका छन् ।

प्रयोगकर्ताको सङ्ख्याको हिसाबले गत आर्थिक वर्ष २०७७/७८ मा फोरजीमा सबैभन्दा धेरै ग्राहक थपिएका छन् । टेलिकमले विगत एक वर्षको अवधिमा मात्रै करिब ४० लाख फोरजी प्रयोगकर्ता थपेको छ ।

त्यस्तै एनसेलले २० लाख फोरजी प्रयोगकर्ता थप गरेको छ । स्मार्ट टेलिकमका भने फोरजी प्रयोगकर्ता घटेको देखिन्छ । एक वर्षको अवधिमा कम्पनीका करिब ५० हजार फोरजी प्रयोगकर्ता घटेको तथ्याङ्कले देखाउँछ । प्राधिकरणका अनुसार मोबाइलबाट इन्टरनेट प्रयोग गर्नेको कुल सङ्ख्या दुई करोड २८ लाख नाघेको छ । फोरजीबाहेक थ्र्रीजी प्रयोग गर्नेको सङ्ख्या करिब एक करोड २९ लाख रहेको छ । जसमध्ये नेपाल टेलिकमका एक करोड चार लाख थ्रीजी प्रयोगकर्ता छन् भने एनसेलका २४ लाख ६२ हजार छन् ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।