१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाही जिसस प्रमुखमा कौशलकिशोर



अ+ अ-

सर्लाही । जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर सिंह र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जीतेन्द्र महतो निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवारको मनोनयनपत्र दर्ताको लागि छुट्याइएको समयभित्र कांग्रेस–माओवादी गठबन्धनबाट प्रमुखमा कांग्रेसका सिंहको तथा उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार महतोको मात्रै उम्मेदवारी परेपछि दुवैजना निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले जानकारी दिए ।

सदस्यमा कांग्रेसबाट हरिपुर नगरपालिका–५, का अलाउदिन मियाँ, हरिपूर्वा नगरपालिका–५, की रामशिलाकुमारी यादव, चक्रट्टा गाउँपालिका–४, की रेखादेवी साह, लालबन्दी नगरपालिका–१७, का रामबहादुर बोम्जन, ईश्वरपुर नगरपालिका–१५, की पासवतीदेवी थरुनी र गोडैता नगरपालिका–६, की सोनावती देवी चयन भएका छन् । त्यसैगरी, माओवादी केन्द्रबाट लालबन्दी नगरपालिका–१५, का हेम कार्की सदस्यमा चयन भएका छन् ।