६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक करोडले चलाउँछन् फोरजी, एनसेल अघिअघि टेलिकम पछिपछि



अ+ अ-

काठमाडौँ । फोरजी सेवा सुरु भएको पाँच वर्षमा यसका प्रयोगकर्ता करिब एक करोड पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार असारसम्म नेपालमा फोरजी चलाउनेको सङ्ख्या ९९ लाख ५४ हजार नाघेको हो ।

नेपालमा अहिले तीनवटा दूरसञ्चार सेवा प्रदायकले फोरजी सेवा उपलब्ध गराइरहेका छन् । यद्यपि प्रतिस्पर्धा भने मुख्य रूपमा नेपाल टेलिकम र एनसेलबीच मात्र देखिन्छ । प्राधिकरणको तथ्याङ्कअनुसार टेलिकमका फोरजी प्रयोगकर्ता ४७ लाख ४४ हजार नाघेका छन् । एनसेलको सबैभन्दा धेरै ५० लाख ४२ हजार रहेको देखिन्छ । अर्को सेवा प्रदायक स्मार्ट टेलिकमका भने एक लाख ६६ हजार मात्र फोरजी प्रयोगकर्ता रहेका छन् ।

प्रयोगकर्ताको सङ्ख्याको हिसाबले गत आर्थिक वर्ष २०७७/७८ मा फोरजीमा सबैभन्दा धेरै ग्राहक थपिएका छन् । टेलिकमले विगत एक वर्षको अवधिमा मात्रै करिब ४० लाख फोरजी प्रयोगकर्ता थपेको छ ।

त्यस्तै एनसेलले २० लाख फोरजी प्रयोगकर्ता थप गरेको छ । स्मार्ट टेलिकमका भने फोरजी प्रयोगकर्ता घटेको देखिन्छ । एक वर्षको अवधिमा कम्पनीका करिब ५० हजार फोरजी प्रयोगकर्ता घटेको तथ्याङ्कले देखाउँछ । प्राधिकरणका अनुसार मोबाइलबाट इन्टरनेट प्रयोग गर्नेको कुल सङ्ख्या दुई करोड २८ लाख नाघेको छ । फोरजीबाहेक थ्र्रीजी प्रयोग गर्नेको सङ्ख्या करिब एक करोड २९ लाख रहेको छ । जसमध्ये नेपाल टेलिकमका एक करोड चार लाख थ्रीजी प्रयोगकर्ता छन् भने एनसेलका २४ लाख ६२ हजार छन् ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।