३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

धुलिखेलमा ४९ होटल सञ्चालनमा, आठ अर्ब लगानी

धुलिखेलमा ४९ होटल सञ्चालनमा, आठ अर्ब लगानी
अ+ अ-

काभ्रेपलाञ्चोक । पर्यटकीय नगरी धुलिखेलमा साना ठूला गरी ४९ होटल रहेका छन् । ती होटलमा हालसम्म रु आठ अर्ब २२ करोड ५३ लाख लगानी भएको जनाइएको छ ।

सङ्घीय राजधानी काडमाडौँदेखि ३० किलोमिटरको दूरीमा अवस्थित सदरमुकाम धुलिखेलका ४९ होटलमा ९९२ ले प्रत्यक्ष रोजगारी पाएका छन् । धुलिखेल नगरपालिकामा ५९५ कर्मचारी पूर्णकालीन छन् भने समग्र जिल्लाका ८०१ कर्मचारी होटलमा कार्यरत रहेका छन् । धुलिखेलमा भएका होटलमा कार्यरत जनशक्तिका लागि वार्षिक रु १८ करोड ४५ लाख खर्च हुने गरेको क्षेत्रीय होटल सङ्घले जनाएको छ ।

सङ्घका अनुसार धुलिखेलमा होटलमा लगानी गरिएको सवा रु आठ अर्बमध्ये रु दुई अर्ब ४८ करोड ९० लाख ७२ हजार बैंकको लगानी रहेको हो । यहाँका होटल व्यवसायीले राज्यलाई रु १३ करोड ३५ लाख तथा धुलिखेल नगरलाई रु ३२ लाख ७५ हजार तिर्ने गर्छन् । सङ्घका अध्यक्ष प्रमकण्ठ माकजु श्रेष्ठले धुलिखेलमा रहेका होटलमा ९७२ कोठामा एक हजार ७४५ बेड रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय सरकारसँगको समन्वयमा धुलिखेलमा थप पर्यटन विकासकार्य गर्न यहाँका व्यवसायी तयार रहेका छन् ।” नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले धुलिखेलको पर्यटन विकासका लागि बोर्डले आवश्यक सहयोग गरिरहेको बताउनुभयो ।

धुलिखेल नगरका संस्थापक प्रमुख बेलप्रसाल श्रेष्ठ धुलिखेलमा सरसफाइ र पर्यटकको आगमनका हिसाबले पर्यटनका क्षेत्रमा थप प्रचुर सम्भावना रहेकाले ठूला र सुविधानजनक होटल निर्माण भइरहको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “धुलिखेलमा पर्यटनमा प्रचुर सम्भावना छ, यहाँका होटलले इतिहास रचेका छन् ।” उहाँको हिमालयन होराइजन होटल तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको रोजाइको होटल रहेको थियो ।

सङ्घका अनुसार जिल्लामा कूल १२४ होटल छन् । जिल्लाकै अर्को पर्यटकीयस्थल नगरकोटमा ४२ होटल छन् भने बनेपा नगरमा १०, पनौती नगरमा सात, नमोबुद्ध नगरमा पाँच, पाँचखाल नगरमा तीन र दोलालघाटमा आठ होटल रहेका छन् । जिल्लामा कोभिड शुन्य भएपछि पछिल्ला केही महिनादेखि आन्तरिकसँगै बाह्य पर्यटकको चहलपहल भइरहेको सङ्घले जनाएको छ ।

यसैबीच धुलिखेल नगरपालिकाले पर्यटन परिषद् गठन गरी थप योजना निर्माण गरिरहेको जनाएको छ । नगरप्रमुख अशोककुमार व्याञ्जुका अनुसार पर्यटन प्रवद्र्धनका लागि नगरले हालसम्म ५७ पार्क निर्माण गरेको छ । “पर्यटनसँगै सहरी सौन्दर्यीकरणलाई प्राथमिकतामा राख्दै पुराना सहरको संरक्षण गरी पुनर्जीवन दिन परियोजना सुरु गर्दैछौँ”, व्याञ्जुले भन्नुभयो ।

यस्तै नगरले ‘एक वडा, एक होमस्टे’को योजना निर्माण गरी कार्यान्वयन सुरु गरिएको, नगरले व्यवसायीसँगको समन्वयमा नगरलाई सांस्कृतिक, ऐतिहासिक तथा प्राचीनताको संरक्षण गर्ने गरी योजना अघि बढाएको जनाएको छ ।

‘एशिया प्यासिफिक रिजन’को सदस्यता पाएको धुलिखेलले स्थानीय, प्रदेश, केन्द्र हुँदै अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार र पर्यटनसम्बन्धी गतिविधिबारे जानकारी गराइरहेको नगरप्रमुख व्याञ्जुले बताउनुभयो ।

उहाँका अनुसार धुलिखेलमा ट्रिटमेन्ट प्लान्ट निर्माण, फोहरमैला व्यवस्थापनमा लगानी गरिरहेको तथा कोभिडको समयको होटललगायत व्यापारिक सङ्घसंस्था एवं धुलिखेलका बासिन्दालाई फोहरमैलामा कर छुट तथा स्थानीयलाई रोजगार दिने संस्थालाई १० प्रतिशत कर छुट दिने गरेको छ । नगरले तीन वर्षदेखि करको दर नबढाएको व्याञ्जुले बताउनुभयो ।

यस्तै धुलिखेलमा पृथ्वीनारायण शाह र बलभद्र कुँवरको शालिक निर्माण भइसकेको छ भने गुरुप्रसाद मैनालीको शालिक निर्माणको तयारी भएको छ । धुलिखेलस्थित टुँडिखेलमा रोज–पार्क, राष्ट्रपति पार्क, अपाङ्गमैत्री ट्रेल, प्रकोपमैत्री ट्रेल, बजारमा १०० वर्ष पुराना सामग्री राख्ने गरी धुलिखेल सङ्ग्रहालय निर्माणाधीन अवस्थामा छन् ।

धुलिखेलमा पर्यटन क्षेत्रको विकास हुँदा गरिबी न्यूनीकरण भइरहेको, साक्षर तथा बालमैत्री नगर निर्माणमा सहयोग पुगेको बताइएको छ । हाल धुलिखेलस्थित देविस्थानमा नगरले रु सात करोडको लगानीमा पार्क निर्माण सुरु गरेको छ । साथै नगरले पाँच वर्षभित्र एक लाख थप बिरुवा रोपण गर्ने जनाएको छ । रासस