२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोक गायिका विष्णु माझीको अवस्था बारे अनुसन्धान गर्दै प्रहरी माइतीघरमा



अ+ अ-

काठमाडौं । लोक गायिका विष्णु माझीको अवस्थाबारे जानकारी लिन स्याङजा प्रहरीले अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले माझीको माइती घरमा पुगेर सोधपुछ गरेको हो।

पछिल्लो समय सामाजिक संजालमा माझीलाई बन्धक बनाएर राखेको र न्याय दिलाउनुपर्ने भन्दै प्रचार भएका छन्। यसैको कारण प्रहरील यसबारे जानकारी लिनको लागि माझीको माइतीघर पुगेको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख होविन्द बोगटीले दिएको जानकारी अनुसार माझीको माइतीघर पुग्दा कोही नभएको र ढोकामा ताल्चा लगाइएको थियो। जिल्ला प्रशासन कार्यालयको मौखिक आदेशबाट नै माझीको माइतीघरमा पुगेको बोगटीले बताए।

तर जिल्ला प्रशासन कार्यालयलाई यसबारे केही जानकारी नभएको सुचना अधिकारी हरिप्रसाद शर्मा बताउँछन्। माझीको बारे सिडियोसँग पनि कुनै छलफल नभएको उनले जानकारी दिए। राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव डा। टिकाराम पोखरेलले पनि आफुले माझीको अवस्थाबारे बुझ्न कुनै आदेश नदिएको बताएका छन्। पिडित आफैँले उजुरी नदिएसम्म घटनाको अनुसन्धान गर्न नसकिने पोखरेलले जानकारी दिए।

दुई वर्ष अघि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला र प्रहरी उपरीक्षक राजकुमार लम्सालको सक्रियतामा माझी, उनका पति सुन्दरमणि अधिकारी, बाबा ताराबहादुर माझी, आमा धर्मकुमारी माझी र दाजु बाबुराम माझी प्रशासन कार्यालयमा आएका थिए।  

माझीले बाहिरी हल्लाजस्तो आफ्नो  भोगाई नरहेको आजसम्म सुन्दरमणिले नै मलाई यहाँसम्म पुर्‍याएको भन्दै उनले आफु बन्धक नभएको बताएकी थिइन्। (अन्नपूर्ण)




भर्खरै