१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

नमस्ते पे मोबाइल भुक्तानी सेवा आजबाट सुरु



अ+ अ-

काठमाडौं । नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको नमस्ते पे मोबाइल भुक्तानी सेवा आजबाट सुरु भएको छ । टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा नमस्ते पे सुरु गरेको हो । नमस्ते पे बाट भएका भुक्तानीको सेटलमेन्ट भने राष्ट्रिय वाणिज्य बैंकबाट हुने भएको छ ।

टेलिकमले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडबाट नमस्ते पे नामक डिजिटल भुक्तानीको सेवा दिने भन्दै ३ चैत २०७७ मा राष्ट्र बैंकबाट सञ्चालन अनुमतिसमेत पाइसकेको जनाएको छ ।

प्रारम्भिक चरणको व्यवसायिक सञ्चालन र औपचारिक सेवा सुभारम्भसमेत गर्ने नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले बताउनुभयो । कम्पनीमा ४० करोड रुपियाँ चुक्ता पुँजी मध्य टेलिकमको ६० र राष्ट्रिय वाणिज्य बैंकको ४० प्रतिशत हिस्सा हुने उल्लेख छ ।