११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिले माग्यो एसपीपीबारे सरकारको निर्णय, आसन्न अमेरिका भ्रमणसम्बन्धमा प्रधानमन्त्रीलाई जवाफ दिन बोलाइयो



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धमा औपचारिकरुपमा निर्णय पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको समितिको बैठकले सरकारको निर्णय मौखिक नभई लिखित निर्णयका रुपमा आउनुपर्ने समेत निर्देशन दिएको छ । समितिका सभापति पवित्रा निरौला खरेलले एसपीपीका सन्दर्भमा अहिलेसम्म भएका पत्राचार तथा कागजातहरू एक साताभित्र समितिमा पेस गर्न निर्देशन दिएको बैठकको निर्णय सुनाउनुभयो ।

त्यस्तै बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणबारे पनि प्रश्न उठेको भन्दै यही असार ५ गतेको बैठकमा सोसम्बन्धमा जवाफ दिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको छ ।

बैठकमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा परराष्ट्र सचिवको संयोजकत्वमा कार्यदल बनेको र त्यसले एसपीपीमा जाने भन्ने कुरा स्थगन गरेको भनिएको भन्दै सोबारे यथार्थ विवरण पेस गर्न समेत निर्देशन दिएको छ ।