११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी आईपीएसकै अंग भएको वामदेवको दाबी



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले अमेरिकी सहायता कार्यक्रम (एमसीसी) इन्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस) कै अंग भएको दाबी गर्नुभएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा उहाँले एमसीसी आईपीएसकै अंग भएको जिकिर गर्दै नेपाललाई प्रतिबद्ध बनाउन र देशव्यापी विरोधलाई मत्थर पार्न मात्र १२ बुँदे व्याख्यात्मक घोषणा गरिएको बताउनुभयो ।

एमसीसीले नेपाललाई नैतिक बन्धनमा राख्ने तर अमेरिकालाई कुनै नैतिक बन्धन नहुने उहाँको भनाइ थियो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवामा जे गर्नु नपर्ने काम हुन्छन् त्यस्ता काम मात्र गर्ने चरित्र रहेको आरोप लगाउनुभयो ।

एमसीसी सम्झौता गर्न नहुने थियो तर देउवाले गराएरै छाड्नुभयो भन्दै नेता गौतमले अहिले पनि स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौतामा पनि उहाँ तयार भइसक्नुभएको बताउनुभयो । यस्ता कार्यले स्वयं प्रधानमन्त्री देउवालाई मात्र नभएर नेपाली कांग्रेसलाई पनि नोक्सान हुने उहाँको भनाइ थियो ।

जे जस्तो सहायता आउँछ त्यसमा सहमति जनाइहाल्ने स्वभाव प्रधानमन्त्री देउवामा रहेको उहाँले बताउनुभयो । संसद्मा समयमै कुरा उठेकाले मात्र एसपीपीबाट नेपाल जोगिएको उहाँले बताउनुभयो ।