• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ?

एसपीपीको लहरो सेनासम्म पुग्यो, सेनापतिलाई संसदीय समितिले बोलायो



काठमाडौं । अन्ततः अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को लहरो नेपाली सेनासम्म पुगेको छ । नेपाली सेनाले नै एसपिपीका लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि लहरो तान्दा पहरो थर्किएको हो । यसअघि वर्तमान सरकारले एमालेको पूर्व सरकारलाई र एमालेले वर्तमान सरकारलाई एसपिपी सम्झौतामा जान लागेको भनी दोषारोपण गरिरहेका थिए ।

बुधबार मात्रै अमेरिकी दूतावासले एसपीपी सम्बन्धी कुनै सम्झौता पत्रमा हस्ताक्षर गर्नु नपर्ने र यसअघि नै नेपाल यसको अंग भइसकेको बताएको थियो । नेपाल स्थित अमेरिकी दूतावासले नेपालले सन् २०१५ र २०१७ दुईपटक आवेदन दिएपछि २०१९ मा अमेरिकाले त्यसलाई स्वीकृत गरेको बताएको थियो । त्यसको केही घण्टापछि एक विज्ञप्ति जारी गर्दैै नेपाली सेनाले कुनै पनि सैन्य गठबन्धनमा नरहेको र रहने प्रक्रिया नभएको जनाएको थियो ।

तर पनि नेपाली सेनाको सो विज्ञप्ति केही घन्टामात्र टिक्न सक्यो । सेनाको सो विज्ञप्तिको केही घन्टाभित्रै बिहीबार तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले काठमाडौंस्थित अमेरकी दूतावासलाई स्टेट पार्टनरसिपमा सहभागी हुन पत्र लेखेको सार्वजनिक भएको छ । सो पत्र सार्वजनिक भएपछि भने पूर्ववत एमाले सरकार र यता नेपाली सेनाको संलग्नता खुल्न आएको छ ।

उता सो पत्र सार्वजनिक भएसँगै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले वर्तमान प्रधानसेनापति प्रभुराम शर्मालाई समितिको भोलिको बैठकमा बोलाएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको जनाएको छ ।

संसदीय समितिले शुक्रबार बिहान ९ बजेका लागि बस्ने तय भएको बैठकमा प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको हो । समितिको सचिवालयका अनुसार एसपीपीकै विषयमा प्रधान सेनापतिसहित सरकारी अधिकारीहरुलाई छलफलमा बोलाइएको हो ।

उक्त समितिको बैठकमा प्रधानसेनापति शर्मासँगै परारष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल र रक्षा सचिव, किरणराज शर्मालाई समेत बोलाएको संसदीय समितिले जानकारी दिएको छ ।