६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

निहारीका राजपूतको मुद्दामा उच्च अदालत जनकपुरबाट झगडीया झिकाउने आदेश



फाईल फोटो
अ+ अ-

काठमाडौं । न्यायका लागि भन्दै एक साता देखी अनसनमा रहनु भएकी सोनाली सिंह उर्फ निहारीका राजपूतको मुद्दामा उच्च अदालत जनकपुरले झगडीया झिकाउने आदेश गरेको छ । बलात्कार मुद्दामा जिल्लाबाट छुटेकालाई तत्काल अदालतमा उपस्थित गराउने छ र न्याय निरोपणमा सहयोग हुनेछ अधिवक्ता मोहना अन्सारीले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो ‘यो मुद्दामा थोरै भए पनि अदातल एकस्टेप अगाडी बढेको छ ,आशा छ नेपाल प्रहरीले छिट्टै बलात्कार मुद्दामा जिल्लाबाट छुटेकालाई तत्काल अदालतमा उपस्थित गराउने छ र न्याय निरोपणमा सहयोग हुनेछ ।’

आफू १७ वर्षकी हुदाँ जनकपुरका शिवराज श्रेष्ठ नाम गरेका व्यक्तिले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भरहेको त्यसबाट बच्चा जन्मिएको भन्दै डिएनए परिक्षण गर्नुपर्ने , आफू र नाबालकले अधिकार पाउनु पर्ने तथा दोषी श्रेष्ठलाई कारबाही गर्नु पर्ने माग गर्नुभएको छ ।

यस अघि जिल्ला अदालतमा परेको मुद्दामा अदालतले उहाँलाई हराईदिएको थियो । जिल्ला अदालतको निर्णयमा असन्तुष्ट रहदै उहाँले सहयोगको लागि बिभिन्न निकायमा धाए पनि सहयोग नपाएपछि काठमाडांैको माईतिघर बाट एकल आन्दोलन गर्नुभएको थियो ।

माईतिघरको प्रर्दशनमा प्रहरीको अबरोध भएपछि उहाँ बसन्तपुरमा अनसन बस्नु भएको छ । राजपुतको बिषय सडक देखी सदन सम्म बहसको बिषय बनेको छ ।