१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनमाथि रुसी आक्रमण ‘उचित’– म्यान्मार



अ+ अ-

याङ्गुन । म्यान्मारको सैनिक सरकारले आफ्नो प्रमुख सहयोगी तथा हतियार आपूर्तिकर्ता रुसको समर्थन गरेको छ । उसले युक्रेनमा रुसी आक्रमण ‘उचित’ छ भन्दै यसले विश्व शक्तिका रुपमा मस्कोको अवस्थालाई दर्शाउने बताएको छ । 

युक्रेनी शहरहरूमा हवाई आक्रमणका साथमा सेना र ट्याङ्कहरूको बिहानको आक्रमणले विश्वभर आक्रोश फैलाएको छ । अमेरिका र उसका सहयोगीहरुले रुसमाथि प्रतिबन्ध लगाएका छन् ।

तर म्यान्मारको सैनिक सरकारका प्रवक्ता जाव मिन टुनले भने, “मस्कोको सेनाले आफ्नो देशको सार्वभौमसत्ताको दिगोपनका लागि जे जायज छ त्यो पूरा गरेको छ।”

रुसी भाषामा समेत जारी गरिएको विज्ञप्तिमा उनले रुसले विश्व शक्तिका रुपमा विश्वलाई आफ्नो उपस्थिति देखाएको बताए । 

मस्को म्यान्मारका जनरलहरूको प्रमुख सहयोगी र हतियार आपूर्तिकर्ता हो र उसले संयुक्त राष्ट्रसङ्घमा विश्वबाट एक्लिएको म्यान्मारलाई बारम्बार रक्षा गर्दै आएको छ । 

गत वर्ष सैनिक सरकार प्रमुख मिन आङ ह्लिङले ‘सम्भावित सैन्य प्राविधिक सहयोग’ बारे छलफल गर्न रुसको राज्य हतियार निर्यातक रोजोबोरोनएक्सपोर्टका प्रमुखलाई मस्कोमा भेटेका थिए।

रूसी समाचार एजेन्सी तासका अनुसार उनले पछि मस्कोका रक्षा मन्त्री सर्गेई शोइगुलाई म्यान्मारको सेना रुसको सहयोगका कारण ‘क्षेत्रको सबैभन्दा बलियो मध्ये एक भएको’ बताएका थिए ।

एक स्थानीय अनुगमन समूहका अनुसार सैनिक सरकारले गत वर्ष एउटा विद्रोहमा सत्ता लिएपछि एक हजार ५०० भन्दा बढी सर्वसाधारण मारिएका छन् । एएफपी