२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग आजबाट सुरु, बायर्न र बार्सिलोनाबीच भिडन्त



अ+ अ-

काठमाडौं । युरोपियन क्लब फुटबलको सर्वाधिक चर्चित एवं प्रतिष्ठित फुटबल लिग युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन २०२१–२२ आज (मंगलबार) देखि सुरु हुँदैछ । 

पहिलो दिन समूह चरणको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुनेछ ।

आज राति समुह ‘ई’, समूह ‘एफ’, समूह ‘जी’ र समूह ‘एच’ का टिमहरुले प्रतिस्पर्धा गर्दैछन् । 

समूह ‘एफ’मा स्वीट्जरल्यान्डको योङ ब्वाइजले घरेलु मैदानमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई आमन्त्रण गर्दैछ । यही समूहमा स्पेनिस क्लब भिल्लारियलले आफ्नो घरेलु मैदानमा इटालियन क्लब एटलान्टासँग खेल्दैछ ।

यस्तै समूह ‘जी’ मा स्पेनिस क्लब सेभियाको भिडन्त घरेलु मैदानमा अष्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग हुँदैछ । 

फ्रान्सेली क्लब लिलले भने घरेलु मैदानमा जर्मन क्लब वल्फ्सवर्गसँग भेट गर्दैछ ।

यस्तै समूह ‘एच’ मा च्याम्पियन लिगको साविकको विजेता इंग्लिस क्लब चेल्सीले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गसँग आफ्नो घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेल्दैछ । सोही समूहका स्वीडेनको माल्मो एफसी र इटालियन च्याम्पियन युभेन्ट्सको खेलपनि आजै हुँदैछ । उक्त खेल माल्मोको घरेलु मैदान इलेडा स्टेडियनमा हुँदैछ ।

यसैगरी आजको सर्वाधिक प्रतिष्ठित खेल रहेको समूह ‘ई’ मा क्याटलान क्लब बार्सिलोनाले जर्मन च्याम्पियन बायर्न म्युनिखसँग भिड्दैछ ।

सो खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । समूह ‘ई’ मै युक्रेनी क्लब डेनामो किएभले पोर्चुगिज क्लब बेन्फिकासँग खेल्दैछ ।

समूह ‘ई’

बार्सिलोना भर्सेस बायर्न म्युनिख – राति १२ः४५ बजे

डेनामो किएभ भर्सेस बेन्फिका – राति १२ः४५ बजे

समूह ‘एफ’

योङ ब्वाइज भर्सेस म्यानचेस्टर युनाइटेड – राति १०ः३० बजे

भिल्लारियल भर्सेस एटलान्टा – राति १२ः४५ बजे)

समूह ‘जी’

सेभिया भर्सेस साल्जवर्ग – राति १०ः३० बजे 

लिल भर्सेस वल्फ्सवर्ग – राति १२ः४५ बजे

समूह ‘एच’

चेल्सी भर्सेस जेनिथ सेन्ट पिटर्सवर्ग – राति १२ः४५ बजे

माल्मो भर्सेस युभेन्ट्स – राति १२ः४५ बजे