१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

व्यापार घाटा कम गर्न सरकारको प्राथमिकता: प्रधानमन्त्री (भिडियोसहित)

व्यापार घाटा कम गर्न सरकारको प्राथमिकता: प्रधानमन्त्री (भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाइ निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटालाई कम गर्दै लैजाने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित ‘नेपाल चेम्वर एक्स्पो–२०२२’ को यहाँ आज उद्घाटन गर्दै उहाँले नेपालमा उत्पादन हुनसक्ने वस्तु तथा सेवा नेपालभित्रै उत्पादन गरी आयातलाई प्रतिस्थापन गर्दै जानुसमेत सरकारको प्राथमिकताको विषय रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन दुवै विषय निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य विना सम्भव हुँदैन, निकासी प्रवद्र्धन गर्दै व्यापार घाटालाई वाञ्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न तत्पर छ ।” व्यापार मेला तथा प्रदर्शनीले स्वदेशी कच्चापदार्थ र नेपाली मौलिक प्रविधि तथा सीपबाट उत्पादित स्वदेशी वस्तुलाई प्राथमिकताका साथ समावेश गरी त्यस्ता वस्तुको प्रचारप्रसार तथा बजार पहुँच विस्तार गर्न जोड दिनुपर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाले प्रदर्शनीबाट निकासी प्रवद्र्धनमा सहयोग पुग्नाका साथै नेपालका साना तथा मझौला उद्योगको संरक्षण र दिगो विकाससमेतमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै यसतर्फ आगामी दिनमा आयोजकले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यही असार ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपाल र बङ्गलादेशमा उत्पादित स्थानीय वस्तुलाई प्रदर्शनीमा राखिएको छ ।

प्रधानमन्त्री देउवाले निकासी प्रवद्र्धन गर्दै व्यापार घाटालाई वाञ्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्दै प्रदर्शनीले स्वदेशी उत्पादनको प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “एक्स्पोले धेरै वस्तुलाई एकै स्थलमा व्यापार गर्ने स्थान उपलब्ध गराउने मात्र नभई उत्पादन र उपभोक्ताबीच सीधा सम्पर्क पनि गराउँछ, जसका कारण उत्पादकले बजारको मागसमेतलाई आकलन गरी व्यापार प्रवद्र्धन गर्न सक्छन ।”

नेपाल चेम्बर अफ कमर्सले मुलुकको आर्थिक विकास, समृद्धिका लागि सरकारलाई विभिन्न रचनात्मक सुझाव र सल्लाहसमेत प्रदान गर्दै निजी क्षेत्रमैत्री नीति अवलम्बन गर्न सहयोग पु¥याउँदै आएको जनाउँदै उहाँले औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिला सम्बन्धमा नीति तर्जुमादेखि कार्यान्वयनसम्म चेम्बरले सरकारलाई आवश्यक सुझाव र परामर्श दिँदै आएको स्मरण गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्शले सरकार, निजी क्षेत्रबीच सहकार्य र समन्वय अभिवृद्धि गर्न बलियो सेतुको काम गर्दै आइरहेको उहाँको भनाइ छ । प्रदर्शनीले कोभिड–१९ का कारण शिथिल भएको मुलुकको व्यापार तथा अर्थतन्त्रलाई थप गति र ऊर्जा प्रदान गर्न सहयोगी हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाली उत्पादनको बजारीकरण तथा अन्तरराष्ट्रियकरण गरी नेपालको आर्थिक वातावरणलाई चलायमान बनाउन टेवा पुग्ने बताउनुभयो ।

प्रदर्शनीका दौरानमा हुने उद्यमी–व्यवसायीबीचको अन्तक्रिया र आयात–निर्यातसम्बन्धी विषयको सूचना आदान प्रदानले दुई वा सोभन्दा बढी मुलुकका उद्यमी व्यवसायीबीच व्यापारिक क्रियाकलाप सञ्चालनमा आवश्यक समन्वयसमेत गर्न सघाउ पुग्ने उहाँको विश्वास छ ।

उहाँले भन्नुभयो, “यस्ता एक्स्पोले मुलुकमा विस्तारै चलायमान बन्दै गएको पर्यटन क्षेत्रलाई थप गतिसमेत दिन मद्दत पुग्ने हुन्छ, एक्स्पोमा आउने व्यक्तिलाई नजिकका पर्यटकीय क्षेत्रमा पु¥याउन सकियो भने आम्दानीमा बढोत्तरी हुनुका साथै मुलुकका पर्यटकीय सम्पदाको प्रचारप्रसार भई पर्यटन प्रवद्र्धन हुने हुन्छ ।”

नेपालका लागि बङ्गलादेशी राजदूत सलाहुद्धीन नोमन चौधरीले प्रदर्शनीले दुई देशबीचको व्यापारिक र सांस्कृतिक सम्वन्धलाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विशेष गरी नेपाली सिस्नोका कपडा, ढाकाका कपडालगायतका वस्त्ुको उत्पादन र प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको जानकारी दिनुभयो ।