१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको महिला संगठन अध्यक्षमा रावल



अ+ अ-

काठमाडौं । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष पदमा अञ्जना शाह रावललाई मनोनयन गरिएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रावललाई अध्यक्ष पदमा मनोनयन गरिएको पत्र आज हस्तान्तरण गर्नुभएको छ । लामो समय पत्रकारिता गरेकी रावलले पछिल्लो एक दशकदेखि राप्रपामा आबद्ध रहि विभिन्न जिम्मेवारी सम्हालेकी थिइन् । रावललाई तीन महिनाभित्र संगठनको महाधिवेशन गर्ने म्याण्डेट दिइएको छ । यसअघि अध्यक्ष रहेकी कुन्ती शाही पार्टीको महामन्त्री निर्वाचित भएपछि संगठनमा अध्यक्ष पदबाट राजिनामा गरेकी थिइन् ।

संगठनमा आबद्ध महिलाहरुको पटकपटक भएको भेलाबाट नेतृत्वमा सहमति नभएपछि अध्यक्ष टुंगो लगाइदिन पार्टीलाई अनुरोध समेत गरेका थिए । पार्टीको भातृ संगठन हेर्ने संयोजित संगठन विभागका प्रमुख राजेन्द्र गुरुङको सिफारिसमा पार्टीको विधान बमोजिम अध्यक्ष लिङ्देनले रावललाई संगठनको अध्यक्ष पदमा मनोनयन गरेका हुन् ।