१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेचेन स्पेशल फोर्सका शीर्ष कमाण्डर युक्रेनबाट मारिए



अ+ अ-

एजेन्सी । युक्रेनमा रुसको आक्रमण लगातार चौथो दिन पनि जारी छ । पछिल्लो अपडेट अनुसार रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा प्रवेश गरेको छ । 

राजधानी किभ बाहिर युक्रेनले रुसी सेनालाई कडा टक्कर दिएको छ भने युक्रेनी सेनाले रुसी पक्षमा लडिरहेका चेचेन स्पेशल फोर्सका शीर्ष जनरलको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

यसैबीच, सामी ओब्लास्टको ओख्तिरकामा आइतबार बिहान रुसी आक्रमणमा सात वर्षीया बालिकासहित छ जना सर्वसाधारणको मृत्यु भएको छ । 

युक्रेनको स्थानीय सञ्चारमाध्यमले युक्रेनका गभर्नर दिमित्री जिवित्स्कीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । अर्कोतर्फ, रुसी सेनाले खार्किभमा ग्यास पाइपलाइन विस्फोट गराएको छ। सोही क्रममा बार्सिलकिभमा गोली चल्दा पेट्रोलियम बेसमा आगलागी भएको थियो ।