१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेचेन स्पेशल फोर्सका शीर्ष कमाण्डर युक्रेनबाट मारिए



अ+ अ-

एजेन्सी । युक्रेनमा रुसको आक्रमण लगातार चौथो दिन पनि जारी छ । पछिल्लो अपडेट अनुसार रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा प्रवेश गरेको छ । 

राजधानी किभ बाहिर युक्रेनले रुसी सेनालाई कडा टक्कर दिएको छ भने युक्रेनी सेनाले रुसी पक्षमा लडिरहेका चेचेन स्पेशल फोर्सका शीर्ष जनरलको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

यसैबीच, सामी ओब्लास्टको ओख्तिरकामा आइतबार बिहान रुसी आक्रमणमा सात वर्षीया बालिकासहित छ जना सर्वसाधारणको मृत्यु भएको छ । 

युक्रेनको स्थानीय सञ्चारमाध्यमले युक्रेनका गभर्नर दिमित्री जिवित्स्कीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । अर्कोतर्फ, रुसी सेनाले खार्किभमा ग्यास पाइपलाइन विस्फोट गराएको छ। सोही क्रममा बार्सिलकिभमा गोली चल्दा पेट्रोलियम बेसमा आगलागी भएको थियो ।