• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित ★   रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए ★   राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन ★   भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै ★   बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच ★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल

बागलुङका सोह्र सडक योजनालाई १८ करोड बजेट



गलकोट । बागलुङ जिल्लाका १६ साना ठूला सडक योजनालाई सङ्घीय सरकारका विभिन्न मन्त्रलयबाट आगमी आर्थिक वर्षका लागि रु १८ करोड ६५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

बागलुङ–१ अन्र्तगतका १६ नयाँ तथा पूराना सडक, स्तरोन्नती, पूर्वाधार र कालोपत्रेका लागि बजेट बिनियोजन भएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय र शहरी विकास मन्त्रालय अन्र्तगत १६ सडक ओजनाका लागि आर्थिक वर्ष २०७९/०८० का लागि उक्त बजेट बिनियोजन भएको बागलुङ–१ का सङ्घीय सांसद डा सूर्य पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न अधुरा सडक पूरा गर्न, भौतिक पूर्वाधार निर्माण गर्न, सडकको पहिरो नियनत्रण गर्न र केही सडक कालोपत्रे गर्नका लागि बजेट बिनियोजन भएको जानकारी दिनुभयो ।

यसैगरी मध्यपहाडी राजमार्गको अछेते–सलाम हुँदे स्वास्थ्य केन्द्र मुलठाना पुग्ने सडक स्तरोन्नतीका लागि रु एक करोड, बागलुङ बजार–तित्याङ–शान्तिपूर सडक मर्मतका लागि रु ५० लाख, बागलुङ–१० गलुवा हुँदै तल्लो गलुवा–काउँरेडाँडा–देउराली हुँदै अर्वादी सडकका लागि रु ५० लाख, बागलुङ नगरपालिका–१ मालढुङ्गा–पाग्दा–लहरेबर हुँदै अमलाचौर जोड्ने सडक स्तरोन्नतीका लागि रु एक करोड बिनियोजन भएको छ ।

यस्तै कुश्मिशेरा–जैदी–ज्यामीरे–नाम्दुक हुँदै शान्तिपुर जोड्ने सडक स्तरोन्नतीका लागि रु एक करोड, बागलुङ–डाँठे ताल बानपा–१० भकुण्डे हुँदै रायडाँडा पुग्ने सडकका लागि रु ५० लाख र बागलुङ गिठे अमलाचौर हुँदै पैयुपाटा सडक स्तरोन्नतीका लागि रु ५० लाख बिनियोजन गरिएको छ ।

यस्तै एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक अन्र्तगतको बागलुङ बजारको अदालत चौपारी–सिगाना–चापाखर्क–गाँजाको दह हुँदै बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रेका लागि रु पाँच करोड विनियोजन भएको छ । उक्त सडकको पहिलो चरणमा १० किलोमिटर सडक बागनपा–३ देखि सिगानासम्मको १० किलोमिटर सडक कालोपत्रेका लागि बहुवर्षे ठेक्का प्रकृयामा गइसकेको छ ।

यस्तै प्रदेश अन्र्तगत काम हुँने स्थानीय सडक सञ्जाल सुधार कालोपत्रे अदालत चौपारी–तित्याङ–सालबोट, भकुण्डे, रायडाँडा हुँदै दमेक र बरेङ जोड्ने सडक कालोपत्रेका लागि रु तीन करोड बजेट बिनियोजन भएको छ ।

यस्तै आगमी आर्थिक वर्षमा शहरी विकास मन्त्रालय अन्र्तगत बागलुङको जैमिनी नगरपालिकाको तल्लो सडक स्तरोन्नतीका लागि रु ९७ लाख, जैमिनी नगरपालिका–१ आहार चौर हुँदै भण्डार सडक स्तरोन्नतीका लागि रु एक करोड, पैयूपाटा–जलजला–भैरवस्थान सडक क्रमागत योजना अन्र्तगत कालोपत्रेका लागि रु एक करोड र बागलङ नगरपालिका–१२ अमलाचौर, छापाखोला सडक स्तरोन्नतीका लागि रु ४८ लाख ५० हजार रकम बिनियोजन गरिएको छ ।

यस्तै बागलुङ तित्याङ–निफन्नी–भकुण्डे सडक स्तरोन्नती गर्न रु दूई करोड, करिडोर धुरपुला–तालकुना सडक मर्मतका लागि ४८ लाख र बुकेनी–मनकामना–गैराफाँट हुँदै बौडैचौर पुग्ने सडकका लागि रु २३ लाख ५० हजार बजेट बिनियोजन गरिएको छ । बजेट साउन लगत्तै कार्यान्वयनमा जाने सङ्घीय सांसद पाठकले जानकारी दिनुभयो ।

सडकमा परेको बजेट कार्यान्वयनमा गएसँगै ग्रामिण सडक, रणनैतिक योजना, बहुवर्षे, क्रमागतका योजनाले सार्थकता पाउने र जनतालाई यातयातको क्षेत्रमा सहज हुँने उहाँको भनाइ छ ।