२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा लफडाः एमालेले बजेट पेश गर्न दिएन, मन्त्री विमलाको हर्कतबारे मुख्यमन्त्रीसँग जवाफ माग



file photo
अ+ अ-

रूपन्देही । लुम्बिनी प्रदेशको सदन केही समयका लागि स्थगित गरिएको छ ।

नेकपा एमालेले राज्यमन्त्री विमलाकुमारी खत्री वलीले महिलामाथि गरेको हर्कतबारे मुख्यमन्त्रीले जवाफ दिएपछि मात्रै सदनमा बजेट प्रस्तुत गर्न दिने माग गरेपछि सदन रोकिएको हो ।

सदन सुरू भएसँगै एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले नेकपा एमालेले लुम्बिनी प्रदेश संसदीय दलले बुधबार दिउँसो गरेको निर्णय सुनाएपछि सभामुख पूर्णबहादुर घर्तीले सरकारको ध्यानाकर्षण गराउँदै २५ मिनेटका लागि सदन स्थगित गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिलामन्त्रीले आज अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारी गर्दै गर्दा एमालेको मागले समय धकेलिएको हो ।

मंगलबार बिहान वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा पुगेकी मन्त्री विमलाले एकराजसँग विशेष कामले भेट्ने भन्दै उनको श्रीमती र छोरीलाई हातपात गरेकी थिइन् ।

राज्यमन्त्री विवादास्पद घटनमा संलग्न भएको भन्दै एमालेले बर्खास्त गर्न माग गरेको छ ।