• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo

नेपालले अमेरिकाको सामना गर्दै



काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले आज (बुधबार) घरेलु टोली अमेरिकाविरुद्ध खेल्दैछ ।

टेक्सासस्थित मोसा क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ ।

मंगलबार राति ओमानलाई हराएको नेपाल सिरिजमा लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

नेपाल अमेरिकालाई हराएर २ अंक जोड्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । अमेरिका पनि नेपाललाई हराएर सिरिजमा सुखद अन्त्य गर्ने योजनामा हुनेछ ।

सिरिज अन्तर्गत नै यस अघिको भेटमा नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको थियो ।

लिग टु को अंक तालिकामा नेपाल पाँचौं स्थानमा रहेको छ । नेपालले १५ खेलमा १५ अंक जोडेको छ । अमेरिका २३ खेलमा २१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।