४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोस्टारिका विश्वकपमा छनोट



अ+ अ-

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा कोस्टारिका छनोट भएको छ ।

विश्वकप छनोट अन्तर्गत अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १–० गोलले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो ।

कोस्टारिकालाई जित जोएल क्याम्पबेलले तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

खेलको ६९ औं मिनेटमा कोस्टा बारबारोसेसले रातो कार्ड पाएपछि न्युजिल्याण्ड १० खेलाडीमा समेटिएको थियो । कोस्टारिका विश्वकपमा छनोट हुने ३२ औं राष्ट्र हो ।

कोस्टारिका लगातार तेस्रो पटक तथा समग्रमा छैटौं पटक विश्वकपमा छनोट भएको हो ।