• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   नयाँ बजेट कार्यान्वयन भएसँगै आर्थिक सुधारले गति लिनेछ: प्रधानमन्त्री ★   पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने ★   टी–२० विश्वकपः खेलाडीको भिसाको टुंगो छैन नगरप्रमुखलाई निम्तो ★   बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति ★   कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार ★   साँच्चीकै कुन ठाउँमा छ ‘पञ्चायत’को फुलेरा गाउँ ? ★   सवारी प्रदूषण नियन्त्रणमा कडाइ गर्दै चन्द्रागिरि: नि:शुल्क सवारी साधन परीक्षण शिविर सञ्चालन ★   शाहिद–मीराले मुम्बईमा ६० करोडको नयाँ घर किने ★   बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन ★   दिल्लीका यी ब्याट्सम्यानले बनाए आईपीएलभर मात्र ३ रन, हरेक रनको मूल्य २.४ करोड

नेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबी असत्य: अमेरिकी दुतावास



काठमाडौं । नेपाल स्थित अमेरिकी दुतावासले नेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य भएको जनाएको छ । दुतावासले आफ्नो आधिकारीक सामाजिक संञ्जाल मार्फत दस्तावेज असत्य भएको दाबी गरेको हो ।

अमेरिकाको नीतिअनुसार कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राममा सामेल हुन भन्दैन तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्ने जनाएका छ ।

स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबिचको एक आदानप्रदान कार्यक्रम भएको दुताबासले जनाएको छ । अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद बिरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोगगर्ने जनाएको छ ।

दुतावासका अनुसार २५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश छन्। तीमध्ये अधिकांश देशहरू यस क्षेत्रमा छैनन्।

दुतावासले जारी गरेको सन्देशमा भनिएको छ आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्‌को अवस्थामा अमेरिका आफ्नो अग्रपङ्क्तिका उद्धाररकर्ताका रूपमा रहेका नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहन्छ। यस प्रकारको सहकार्यको सहजीकरणका लागि एसपीपी प्रभावकारी माध्यम हो।