४ भाद्र २०८३, बिहीबार
,
Latest
‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन राप्रपाले गर्‍यो बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन कप छनोटः इन्डोनेसियाविरुद्ध भिड्दै नेपाल



अ+ अ-

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज (मंगलबार) इन्डोनेसियाविरुद्ध खेल्दैछ ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले इन्डोनेसियाविरुद्ध तेस्रो तथा अन्तिम खेल खेल्न लागेको हो । नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

नेपाल पहिलो जितको खोजीमा समेत रहेको छ । यसअघि नेपाल
पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले तथा दोस्रो खेलमा आयोजक कुवेतसँग ४–१ गोलले पराजित बनेको थियो ।

छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । इन्डोनेसिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यस्तै, दुई खेलमा दुई जितसहित जोर्डन तालिकाको पहिलो स्थानमा छ । कुवेत ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भईसकेको छ । नेपालले अन्तिम खेलमा जित निकालेर सुखद अन्त्य गर्न चाहन्छ ।

समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने भने उत्कृष्ट हुने दोस्रो टोलीले पनि एसियन कप खेल्न पाउनेछ ।