२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन कप छनोटः इन्डोनेसियाविरुद्ध भिड्दै नेपाल



अ+ अ-

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज (मंगलबार) इन्डोनेसियाविरुद्ध खेल्दैछ ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले इन्डोनेसियाविरुद्ध तेस्रो तथा अन्तिम खेल खेल्न लागेको हो । नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

नेपाल पहिलो जितको खोजीमा समेत रहेको छ । यसअघि नेपाल
पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले तथा दोस्रो खेलमा आयोजक कुवेतसँग ४–१ गोलले पराजित बनेको थियो ।

छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । इन्डोनेसिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यस्तै, दुई खेलमा दुई जितसहित जोर्डन तालिकाको पहिलो स्थानमा छ । कुवेत ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भईसकेको छ । नेपालले अन्तिम खेलमा जित निकालेर सुखद अन्त्य गर्न चाहन्छ ।

समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने भने उत्कृष्ट हुने दोस्रो टोलीले पनि एसियन कप खेल्न पाउनेछ ।