२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई मल दिन सम्भाव्य सबै उपाय लगाउन सरकारलाई संसदको निर्देशन



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाले किसानलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पेस गरेको अत्यन्त जरुरी सार्वजनिक महत्त्वको स्थगन प्रस्ताव, त्यसउपर छलफलमा भाग लिएका ४८ जना सांसद र कृषिमन्त्रीको जवाफको पृष्ठभूमिमा सबैको समान धारणा देखिएकोले सभामुख अग्निप्रसाद सापकोटाले विशेष प्रस्ताव सदनमा पेस गरेका थिए ।

सो विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

प्रतिनिधिसभाले पारित गरेको विशेष प्रस्तावः
‘रासायनिक मल कृषि उत्पादन वृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीकोरुपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलव्ध नभएको विषयमा यस सदनको गम्भिर ध्यानाकर्षण भएको छ । कुल ग्रार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलव्ध गराउनका लागि संभाव्य सबै उपाय अवलम्वन गरी कार्य सम्पादन गर्न प्रतिनिधि सभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ ।’